Logo

नोबेल कोरोना भाइरसले विश्व नै आतंकित, कहाँ के भयो ?



माघ १७, काठमाण्डौ । चीनमा फैलिरहेको नयाँ कोरोना भाइरसले विश्वव्यापी स्वास्थ्य आपतकाल निम्त्याएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले घोषणा गरेको छ । चीन हुँदै अन्य देशमा समेत कोरोना भाइरसको संक्रमण फैलन थालेपछि डब्लूएचओले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको हो । चिनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण पूरै चीनभर र विश्वका २० भन्दा बढी देशमा देखिएको छ ।

कोरोना भाइरसको प्रकोप फैलिरहँदा चीनमात्रै होइन पूरा विश्वलाई यसको सन्त्रासले आतंकित पारेको छ । बिहीबार विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ ।

कोरोना भाइरसको उत्पति भएको ठाउँ चीनको हुवानका सडकमै मानिसको शव भेटिन थालेको छ । वुहानको सडकमा कोरोना संक्रमण कै कारण मृत्यु भएको आशंका गरिएका एक व्यक्तिको विहीबार शव भेटिएको हो ।

कोरोना भाइरसको इपिसेन्टर मानिएको वुहानको सडकमा हातमा प्लास्टिकको झोला समातिरहेको अवस्थामा शव फेला परेको हो । एफपीले ती व्यक्तिको मृत्यु कसरी भयो भन्नेबारे केहि पुष्टि नभएको जनाएको छ ।

केही समय अगाडि चीनमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरकै मृत्यु भएको थियो । सिन्ह्वा अस्पतालमा कार्यरत ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसका कारण मृत्यु भएको थियो ।

यसैले पनि उपचारमा खटिने स्वास्थ्यकर्मीहरु भयभित देखिएका छन् । वुहान सहरमा उपचारका लागि गइरहेका चिकित्सक तथा नर्सका आफन्तहरुले ती सहरमा पठाउनका लागि बिदाइ गर्दा आँसु थाम्न सकेनन् ।

बेलायतमा एकै परिवारका दुई सदस्यमा कोरोना भाइरसको संक्रमण फेला परेको इंग्ल्यान्डका प्रमुख स्वास्थ्य अधिकारीले घोषणा गरेका छन् । संक्रमितलाई न्यु क्यासलमा रहेको विशेष केन्द्रमा राखेर उपचार गरिँदै छ ।

कोरोना भाइरस रोकथामका लागि मंगोलियाले चीनबाट आउने चिनियाँ तथा अन्य पर्यटकहरुलाई आगामी मार्च २ सम्मका लागि प्रतिबन्ध लगाएको छ । यसैगरी शुक्रबार मात्रै इटाली सरकारले त्यहाँ आपतकाल घोषणा गरेको छ ।

त्यस्तै नेपाली विकास आयोजनामा कोरोना भाइरसको प्रभाव देखिएको छ । विभिन्न विकास आयोजनामा कार्यरत चिनियाँ परमर्शदाता, ठेकेदार, व्यवस्थापक र कामदार नयाँ वर्ष मनाउन चीन गएपछि नेपाल फर्किएका छैनन् । यसले केही महत्वपूर्ण आयोजनाहरु प्रभावित हुने डर पैदा भएको छ ।

नयाँ वर्ष मनाउन धेरै चिनियाँ प्राविधिक, कामदार र व्यवस्थापकहरु घर गएका बेला त्यहाँ कोरोना भाइरसको संक्रमण फैलिएको छ । चीनमा कतिपय प्रान्तले अर्को प्रान्तमा हुने आवतजावतमा कडाइ गरेपछि त्यहाँ पुगेका कामदार नेपाल आउन समस्या भएको छ ।

विश्वमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि नेपालमा त्यसको रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीनवटा समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको अध्यक्षतामा उच्चस्तरीय अनुगमन समिति, स्वास्थ्य सचिव खगराज बरालकोको अध्यक्षतामा निर्देशक समिति र गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. दीपेन्द्ररमण श्रेष्ठको अध्यक्षतामा स्वास्थ्य प्राविधिक समिति गठन भएको हो ।

यसैबीच कोरोना भाइरस प्रभावित चीनको वुहानमा रहेका सबै नेपालीलाई उद्धार गरी स्वदेश फर्काउन नेपाली कांग्रेसले माग गरेको छ ।

कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार विज्ञप्ति प्रकाशित गरी वुहानमा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकार गम्भीर नदेखिनु दुःखत भएको भन्दै यथाशीघ्र नेपाल फर्काउन माग गरेका हुन् । वुहानमा करिब एक सय नेपाली विद्यार्थी भएको बताइएको छ ।

https://youtu.be/6JleKjyyxZA



प्रतिक्रिया दिनुहोस्

Screenshot