Logo

कारोना भाइरसबाट विश्व अर्थव्यवस्थामै धक्का



सन् २००३ मा फैलिएको एसएआरएस भाइरसले विश्वको अर्थ व्यवस्थालाई ठूलो धक्का पुगेको थियो । सो भाइरसबाट करिब ४० अर्ब डलरको क्षति भएको विज्ञहरु बताउँछन् । तत्काल नयाँ किसिमको भाइरसले चीन त्रसित भएको छ । नयाँ कोरोना भाइरसबाट चीनमा मूत्यु हुनेको संख्या २१३ पुगेको जनाइएको छ ।

भाइरसबाट करिब दश हजार मानिस चीनमा प्रभावित छन् । मूत्यु भन्दा पनि यस भाइरसले विश्वको अर्थतन्त्रनै डामाडोल हुने अवस्था छ । सन् २००३ मा फैलिएको एसएआरएस भाइरस भन्दा कोरोना भाइरसले विश्वको अर्थ तन्त्रलाई चार गुणा बढी असर पर्न सक्ने विज्ञहरुको अनुमान रहेको छ । चीन निरन्तर रुपमा अर्थ व्यवस्थालाई सुदृढ बनाउन गरी १७ वर्षदेखि लागिपरेको छ ।

चीनसंगै विश्वको अर्थतन्त्रलाई ठूलो धक्का पुग्नेछ । नयाँ कारोना भाइरसले हङकङ, दक्षिण कोरिया, भेतनाम जस्ता मूलुकहरु निकै प्रभावित समेत हुनेछ । एसएआरस भाइरस सन् २००२ देखि २००३ सम्ममा करिब आठ हजार जना संक्रमित भएका थिए भने नयाँ कोराना भाइरसबाट दूई महिनामै करिब दश हजार जना प्रभावित भएको तथ्यांकले देखाउँछ । जुन देशमा महामारीविज्ञानको कमि छ त्याँहा सो भाइरस पत्ता लागेमा यसले ठूलो क्षति पुर्याउने जनाइएको छ । उक्त भाइरस के बाट सरेको भन्ने विषयमा अझै अन्यौल रहेको छ । Photo Source : Aljazeera



प्रतिक्रिया दिनुहोस्