Logo

कारोना भाइरसको जोखिमले चीनको कलकारखानाको गतिविधि ठप्प



चीन विश्वकै सबैभन्दा बढी सामान उत्पादन गर्ने देश हो । प्रत्येक दिन यसले आफ्नो अर्थ व्यवस्थालाई नयाँ उचाईमा लगिरहेको छ । तर, हालमै नयाँ नोवल कोरोना भाइरसका संक्रमण बढेसंगै चीनले व्यापक घाटा सहनु परेका छ । चीनको अधिकांश शहरहरु भाइरसको संक्रमणबाट बच्न र यसको न्यूनीकरण गर्न सम्पूर्ण उत्पादन गर्ने क्षेत्रहरु बन्द गरिएको छ ।

चीनको नियमित व्यापारलाई नयाँ भाइर।सले ठूलो क्षति पुर्याएको अधिकारीहरु बताउँछन् । भाइरसका कारण चीनको टुरिजमलाई र रिटेलर क्षेत्रलाई असर परेको छ । यसले चीनको पहिलो त्रैमासिक आर्थिक वृद्विलाई ठूलो असर पर्ने जनाइएको छ । चीनको करिब ३० वर्षमा सबैभन्दा कमजोर अर्थ व्यवस्था भएको तथ्यांकले देखाएको छ । चीनको अर्थ व्यवस्था करिब ६।१ प्रतिशतले घटेको जनाइएको छ ।

चीन र अमेरिकाबीच रहेको व्यापार युद्वले पनि चीन लगायत विभिन्न मूलुकको अर्थ व्यवस्थालाई धक्का पुगेको थियो । कोरोना भाइरसबाट प्रभावित भएको विजनेसहरुलाई तरलता र क्रेडिट समर्थनको लागि बेइजिङले सहयोग पुर्याउने समेत जनाइएको छ । Photo Source : Aljazeera



प्रतिक्रिया दिनुहोस्