अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा विश्व नम्बर एक नोभाक जोकोभिचसँग डोमिनिक थिम भिड्ने भएका छन् । आज भएको सेमिफाइनलमा जर्मनीका अलेक्जेन्डर जेभरेभलाई पराजित गर्दै अष्ट्रियाली डोमिनिक थिमले फाइनलमा स्थान पक्का गरेका हुन् ।
थिमले चार सेटको निकै प्रतिष्पर्धात्मक खेलमा जेभरेभलाई पराजित गरेका हुन् । अब उनी पहिलोपटक ग्रान्डस्लाम उपाधिका लागि भिड्दैछन् ।
यसअघि हिजो जोकोभिचले रोजडर फेडररलाई पराजित गरी फाइनलमा स्थान पक्का गरेका छन् ।