Logo

मड्रिड डर्बीबीच भीडन्त, रियललाई ६ अकंकको अग्रता लिने मौका



काठमाडौं, १८ माघ । स्पेनिस ला लिगामा शीर्ष स्थानको रियल मड्रिडले आज एटलेटिको मड्रिडसँग खेल्दैछ । यो भीडन्तलाई मड्रिड डर्बीको भीडन्तको रुपमा लिईन्छ ।

आज शनिबार ८ः४५ बजे हुने खेलमा रियलले जिते अंक तालिकामा बार्सिलोनालाई ६ अंकले पछाडि पार्नेछ । अघिल्लो खेलमा बार्सिलोना भ्यालेन्सिया सँग २–० ले पराजित भए पछि रियलले अग्रता लिएको छ । रियलले भने भाल्लाडोरिडलाई हराउँदै प्रष्ट तीन अंक जोडेको थियो । समान २१ खेलबाट रियलले ४६ अंक जोडेको छ भने बार्सिलोनाले ४३ अंक मात्रै जोडेको छ ।

बार्सिलोना भने सोमबार लेभान्टेसँग खेल्नेछ । ला लिगामा शनिबार नै थप दुई खेल पनि हुनेछ । नेपाली समयअनुसार, ५ः४५ बजे ग्रानाडा विरुद्ध स्पान्योल भिड्नेछ भने ११ः१५ बजे मालोर्का विरुद्ध बाल्लाडोरिड भिड्नेछ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्