प्रिन्ट पत्रकारिताको समय सकिएको भन्नु गलत
(सिओल) दक्षिण कोरिया, १९ माघ । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राईम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले द वासिंटन टाईम्सका प्रेसिडेन्ट क्रिष्टोफर डोलानसँग भेटवार्ता गरेका छन् । दक्षिण कोरियाको राजधानी सिओलमा सुरु भएको वल्र्ड पिस मिडिया कन्फरेन्स २०२० मा सहभागी हुने क्रममा धमलाले डोलानसँग भेटेका हुन् ।
वासिंटन टाइम्सका अध्यक्ष तथा सम्पादक समेत रहेका डोनालले पत्रकार प्रकाशक हुँदैमा प्रेस सवतन्त्रता हनन हुन्छ भन्न् नमिल्ने बताए। सम्मेलनमा आफ्नो तर्क राख्दै उनले त्यसले झन् पत्रकारितालाई बलियो बनाउने विश्वास व्यक्त गरे । उनले भने,‘प्रेस स्वतन्त्रता महत्वपूर्ण छ, तर त्यसले मात्र प्रेस स्वतन्रता हनन हुन्छ भन्न मिल्दैन ।’
उनले प्रिन्ट पत्रकारिताको समय सकिएको भन्नु गलत भएको बताए। ‘अनलाईन को आफ्नै भूमिका र पाठक छन् पत्रिकाका आफ्नै’ उनले भने । पत्रकारितामा भएका नयाँ प्रयोग पनि बजारसंग जोडन नसक्ने हो भने सफल नहुने उनको भनाई छ। कसैले विज्ञापन नलिइ मिडिया चलाएका छन् सहयोगिले सहयोग नगरेको दिन त्यसको अवस्था के हुन्छ उनले प्रश्न गरे । पत्रकारिताका आफ्नै चुनौति रहेको र त्यसलाई सचेत ढंगबाट समाधन गर्न पर्ने बताए ।