Logo

केन्द्रीय सदस्यहरुलाई फकाउँदै ओली, बालुवाटारमा रात्रिभोजको आयोजना



काठमाडौं, १९ माघ । काठमाडौंमा माघ १५ गतेदेखि जारी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दोस्रो पूर्ण बैठक आज समापन हुँदैछ । केन्द्रीय सस्यहरुले उठाएका सवालमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले जवाफ दिएर बैठक समापन गरिने तयारी गरिएको छ । यसको लागि अध्यक्षद्धय यतिवेला बैठकस्थल राष्टियसभा गृहमा पुगिसकेका छन् ।

सबै केन्द्रीय सदस्यहरु पनि बैठकस्थलमा प्रवेश गरिसकेका छन् । दिउँसो १ बजेबाट नै बैठक सुरु गर्ने भनिएको थियो । तर, बालुवाटारमा सचिवालय बैठक बसेकोले बैठक केही विलम्ब भएको हो । आज अध्यक्षद्धय ओली र दाहालको अलावा महासचिव विष्णु प्रसाद पौडेलले समेत जवाफ दिने भएका छन् ।

बैठक आजै समापन हुने भएकोले मिडियालाई साँझ ५ बजे पत्रकार सम्मेलन गरेर बैठकका बारेमा जानकारी गराउने कार्यक्रम समेत तय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार बैठकको बारेमा मिडियालाई जानकारी गराउने उद्देश्यले साँझ ५ बजेर १० मिनेटमा पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।

बैठक समापनसँगै प्रधानमन्त्री ओलीले आजै सम्पूर्ण केन्द्रीय सदस्यहरुलाई बालुवाटारमा रात्रिभोजको आयोजना गरेका छन् । साँझ ६ बजेटबा भोज सुरु हुनेछ । कतिपयले भोजको आयोजना गरिनु भनेको असन्तुष्ट नेताहरुलाई फकाउनको लागि भएको पनि विश्लेषण गरेका छन् । दोस्रो पूर्ण बैठकमा केन्द्रीय सदस्यहरुले नेतृत्वको खुलेर आलोचना गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot