Logo

नेकपाले बनायो एमसिसीबारे कार्यदल



काठमाडौं, १९ माघ । एमसिसीबारे सुझाव संकलनको लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ । काठमाडौंमा जारी नेकपाको दोस्रो पूर्ण केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो । उक्त कार्यदलमा खनालसँगै स्थायी कमिटी सदस्य भीम बहादुर रावल र परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली रहेका छन् ।

नेकपाभित्र एमसिसीलाई संसदबाट पारित गर्ने कि नगर्ने भन्नेबारे विवाद छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको रोष्टममै उभिएर एमसिसी पारित गर्ने बताईसकेका छन् । तर, भीम रावललगायतका प्रभावशाली नेताहरुले भने कुनैपनि हालतमा एमसिसी पारित गर्न नहुने भन्दै परिमार्जन गर्न जोड दिँदै आएका छन् । जारी केन्द्रीय कमिटीको बैठकमा समेत एमसिसीलाई लिएर केन्द्रीय सदस्यहरुले आफ्नो मत राखेका थिए । अधिकांश केन्द्रीय सदस्यहरुले एमसिसी पारित नगर्न नेतृत्वलाई सुझाव दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्