Logo

चार करोडको सुन्तला बेच्ने गाउँ



पर्वत, १९ माघ । जलजला गाँउपालिका –१ बाँसखर्ककी कल्पना खत्रीले गत शुक्रबार सात खेताला लगाएर दिनभर सुन्तला टिपिन । डेढ रोपनी मा फलेका सुन्तला पोखराका व्यापारीयलाई साढे ३ लाख रुपैयाँमा घरबाटै बेचिन् । शुक्रबारै नन्द बहादुर खत्रलिे पनि डेढ रोपनीम नै लगाइएको सुन्तलाको ४ लाख रुपैयाँ बुझे ।

बाँसखर्कमा सुन्तला बेच्ने र्या दुर्य किसान मात्र होइन पुस्तौ देखि सुन्तला खेती गर्दैआएका अन्य किसानले पनि वार्षिक आम्दानी गर्दै आएका छन् । चालु वर्ष मात्रै सबै यहाँका किसानले करिब ४ करोड रुपैयाँको सुन्तला फलाए । अन्यत्रको तुलनामा ढिलासम्म बोटमा नै रहने र स्वामा पनि शब्ब्ल रहेका ले यहाँको सुन्ताला बोटबाटै प्रतिकीलो १०५ देखि १२० रुसैयाँसम्म हुने गरेका किसानले बताए ।

विगतका तुलनामा सुन्तलाका क्षेत्रफल विस्तार भएको छ । त्यसैले यस वर्ष यहाँबाट करिब ४ करोड रुपैयाँको सुन्तला बिक्रि हने किसानको अपेक्षा रहेका किसान जगत बहादुर खत्रीले बताए । ‘असिहले रोगकीरा केही लागेनन् ।।एउटै बोटमा सय कीलो जति दाना फलेको छ ’ उनले भने ।

वडाका २६१ मध्ये २ सय भन्दा बढी घरले व्यवसायिक रुपमै सुन्तला लगाउका छन् ।बोटभरी लटरम्म पाकेका सुन्तलाले मंसीर देखि फागुनसम्म गाउँ पहेलै देखिन्छ । गाउँ छोडका पनि सुन्तलाको आम्दानी देखेर अहिले गाउँ नै फर्किएका छन् । ‘मैले ३ रोपनी का सुन्तला १० लाखमा ठेक्का दिए ,’ जगतबहादुर खत्रीले भने र्, अहिलेजस्तो कहिल्यै पनि फलेको थिएन।

’। सुन्तालाको आम्दानीले बेनी,बाग्लुङ, ,कुस्मा ,पोखरा, चितवन, काठमाडौ लगायत शहरमा घरघडेरी जोडेका परिवार यहाँ धेरै छन् । तर कोही पनि शहर बजारका घरमा बसदैनन। ‘थोरैमा २ लाख नकमाउने कोही छैनन् ’ किसान ख्याम बहादुर खत्रीले भने ‘आधा भन्दा धेरै बढलिे शहरमा घर जग्गा जोडका छन् । ’ कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot