Logo

ब्रोइलर कुखुराको मुल्यले रकर्ड तोड्यो



काठमाडौ,माघ १९ । ब्रोइलर कुखुरा मुल्यले आजसम्मको नै रेकर्ड ब्रेक गरेका छ । शनिबार देखि लागु हुने गरी जिउँदो ब्रोइलरको मुल्य दुई सय ७० रुपैयाँ लागु भएपछि यो रेकर्ड तोडिएको हो । खरिद मुल्य बढेसंगै तयारी मासुको पनि चारसय प्रतिकीलो पुगेको हो । यसअघि २०७४ बैशाखमा करिब एक महिना दुई सय ६० रुपैयाँ मुल्य कायम थियो ।

बजारको माग अनुसार कुखु्रा नपाएपछि कोल्ड स्टोरलले दिउँसै पसल बन्द गर्न थालेका छन् । ‘किसान संग सस्तोमा किनेर कोल्ड स्टोररुपमा राखेर फ्रोजन मासुसमेत ठुला व्यापारीले किलोको ३ सय ६० रुपैयाँ भन्न थालेका छन् ।

असोजदेखि मंसिरसम्म ब्रोइलरको मुल्य प्रतिकिलो दुई सय रुपैयाँ समेत नआउदा किसानले खोरमा चल्ला हुलेका थिएनन् । त्यतिखेर लागत मुल्य नै दुई सय २० को हाराहारीमा थियो । यस्तै पछिल्लो समय ब्रोइलर कुखुरालार्य ३० दिन पालिसके लगत्तै रोगव्याधिबाट मर्ने दर अत्यधिक हुँदा किसान निरन्तर घाटामा गइरहेका थिए ।

विगतमा काठमाडौ आसपासका जिल्लामा ब्रोइलर महँगो हुदाँ उपत्यकाका कोल्ड स्टोर हरुले बाहिरी जिल्लाबाट सस्तोमा कुखुरा मगाउदै आएका थिए । यसपटक तराई र बाहिरी जिल्लामै ब्रोइलरको भाउ दुई सय ४० सम्म पुगेको भन्दै शनीबार पहिलो पटक किलोमै २० रुपैयाँ बढाएका हुन् । नागरीक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्