Logo

ढाका व्यवसायमा महिलाहरु



काठमाडौ,माघ १९ । इटहरीका महिला व्यवसायीले ढाका बुन्ने तालिम सुरु गरेका छन् । पहाडी क्षेत्रका महिलाले बुन्नृे ढाकाको कपडा इटहरीका महिलाले शुरु गरेका छन् । इटहरीस्थीत महिला बचत ऋण तथा सहकारी स्।स्थाका महिलाहरुले ढाकाको कपडाको व्यवसाय सुरु गरेका हुन् । महिला बचत ऋण सहकारी संसथा महिलाको व्यवस्थापनमा सञ्चालित र एसियाली ऋण तथा महासंघबाट ब्रन्ज मेडल प्राप्त महिला सहकारी हो ।

महिलालाई हस्तकला उद्योगमा सक्रिय बनाउने उद्देश्यले ढाका बुनार्य तालिम सुरु गरिएको संस्थाकी अध्यक्ष अमृता सुब्बाले जानकारी दिइन् । करिब १सय जनालार्य तालिम दिई रोजगार बनाउने योजना रहेका सुब्बाले जानकारी दिइन । विदेशमा पनि बजार खोज्न सकिने बताउँदै उनले नेपाली ढाकालाई प्रवद्धनसमेत गर्न बजार व्यवस्थापनसहित तासिलम सुरु गरिएको उनले बताइन् ।

प्रशिक्षक डम्बरकुमारी श्रेष्ठका अनुसार समय मिलाएर ककाम गर्दा एक हप्तामा करिव ३ देखि ५ वटा सम्म ढाकाको साडी तयार गर्न सकिन्छ । उनी भन्छिन् ‘एक जना महिलाले १५ देखि २५हजार रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ ।महिला बचत सहकारीमा आबद्ध अन्य महिलालाई समेत आय आर्जनमा सहभागी गराउन समेत सोच राखेको उनको भनाई छ । घरमा बेरोजगार बस्नुभन्दा रोजगार बन्दा परिवारका लागी आय आर्जन गर्न सकिने सहभागी गंगा भट्टराई ले बताइन् । अहिले चार वटा तान ल्याएको बताउँदै उनले तान ,धागो लगायत कच्चा पदार्थ सहकारलिे उपलब्ध गराउने उनले बताइन् ।

ढाकाबाट उत्पादित साडी, रुमाल, व्याग, टोपी, जुत्ता, चप्पल, गलफन, कोट आदी बिक्रिका लागी इटहरुमा सोही समुहले कोशेली घर समेत सञ्चालन ल्याइसकिएको छ ।कोशेली घरमा ढाकाको कपडाको अतिरिक्त हस्तकलाको सामाग्री, महिलाले उत्पादन गरेका अचार, पिठो आदीसमेत बिक्रि गर्ने गरिएको छ ।
महिलाले उत्पादन गरेको यो सामाग्री बजारीकरणमा स्थानिय सरकारले पनि चासो दिने हो भने स्थानिय उत्पादनको प्रवद्धन हुने ढाका उद्योगकी प्रवद्धन हुने ढाका उद्योगकी अर्की सञ्चालक रञ्जु सिग्देलले जानकारी दिइन् । अन्नपुर्ण दैनिकबाट



प्रतिक्रिया दिनुहोस्