Logo

१७५ नेपालीलाई बुआनबाट फर्काइने



काठमाडौं, माघ १९ गते । सरकारले चीनको बुआन प्रान्तबाट नेपाली नागरिक फर्काउन बेइजिङस्थित नेपाली राजदूतावासबाट सूचना जारी गरेलगत्तै १७५ जना नेपालीले स्वदेश फर्कन फाराम भरेका छन् । अब उनीहरुलाई आवश्यक प्रक्रिया पूरा गरी एक-दुई दिनभित्रै नेपाल फर्काइने बेइजिङस्थित नेपाली दूताबासले जनाएको छ ।

चीनमा कोराना भाइरसको प्रकोप फैलिएपछि उनीहरुलाई स्वदेश फर्काउन पहल भएको थियो । बुहानमा श्रम स्वीकृति लिएर काम गरीरहेका दश जना अन्य विद्यार्थी गरी करीब २०० जना नेपाली रहेको अनुमान गरिएको थियो। त्यस मध्ये केही चीनको नयाँ वर्षको विदा परेका कारण नेपाल नै गएको हुन सक्ने अनुमान गरिएको छ ।

दूतावासका अनुसार करीब १८८ जनाको सूची तयार गरिएको थियो । त्यसमा १७५ जनाले फारम भरेका थिए ।



प्रतिक्रिया दिनुहोस्