Logo

कार भाडामा लिएर ‘प्रोफेसनल’ चोरी



काठमाडौं, माघ २० । उपत्यकाका विभिन्न स्थानमा कार भाडामा लिएर धनमाल तथा बहुमूल्य सामान चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेर आइतबार सार्वजनिक गरेको गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले दोलखा शैलुङका रबी कार्की, काठमाडौंका राजन खनाल, खोटाङ दिक्तेलका मौलकुमार विक र काभ्रे खरेलथोकका उपेन्द्र खरेललाई गत १५ गते पक्राउ गरेको थियो। उनीहरूले कारको प्रयोग गरी विभिन्न स्थानमा रहेका पसलबाट चोरी गरेको प्रहरीले दावी गरेको छ।

चोरी गरेको सामान उनीहरूले एक ठाउँबाट अर्को ठाउँमा पठाउँदै आएको प्रहरीले बताएको छ। काठमाडौंको भत्केकोपुलस्थित कोठा भाडामा बस्दै आएका विष्णुबहादुर कार्कीको कोठाबाट पुस २८ गते दुई लाख रुपैयाँ र २० तोला सुनका गरगहना चोरी गरेका थिए

पीडितले प्रहरीलाई उजुरी दिएपछि गरेको महानगरीय प्रहरी महाशाखाका प्रवक्ता मुकेश सिंहले जानकारी दिए।उनकाअनुसार कार भाडामा लिएर उपत्यकाका विभिन्न स्थानमा चोरी गर्दै आएको अनुसन्धानबाट खुलेको छ ।



प्रतिक्रिया दिनुहोस्