Logo

बच्चालाई खानेकुरा किन्न यी महिलाले कपाल बेचिन्



आफ्नो बच्चा भोको भएपछि एउटी आमाले सुन्दर कपाल नै बेचेकी छिन् । आफ्नो सुन्दरता भन्दा बच्चाको माया महत्वपूर्ण ठानेर उनले १५० भारतीय रुपैयाँमा कपाल बेचेकी हुन् ।

भारतको तामिल नाडु राज्यकी प्रेमा सेल्भमले केही समय पहिले पति गुमाइन् । अत्याधिक ऋणका कारण पतिले आत्महत्या गरे । त्यसपछि उनीसँग बच्चालाई खुवाउन केही बाँकी रहेन । उनले कपाल नै बेचिन् । कपाल काटेपछि उनको सुन्दरतामा कमी देखियो ।

इट्टा कारखानामा गएर प्रेमाले तीन सन्तानलाई हुर्काइरहेकी थिइन् । तर, केही समय विरामी परेपछि उनीसँग पैसा सकियो । त्यसपछि सन्तानका लागि कपाल बेचिन् ।

प्रेमाको दयनीय अवस्थापछि उनका लागि आर्थिक संकलन भएको छ । बाला मुर्गानले प्रेमाका लागि एक लाख भारु संकलन गरिसकेका ्छन् ।-एजेन्सी Photo Source: theindianfeed



प्रतिक्रिया दिनुहोस्