Logo

विकास निर्माणमा स्थानीय चनाखो हुनुपर्छ : मन्त्री सुवेदी



डोटी, २० माघ : सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले गाउँका विकास निर्माणमा स्थानीय चनाखो हुनुपर्ने बताएका छन् ।

जोरायल गाउँपालिकाद्वारा आयोजित ‘दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता’को आइतबार उद्घाटन गर्नुहुँदै उनले गाउँमा हुने विकास निर्माणदेखि अन्य काममा खबरदारी गर्नुपर्छ भने । उनले भने, “स्थानीय तहमा भइरहेका विकास निर्माणका काममा नागरिकको खबरदारी नभए प्रभावकारी हुँदैन, नागरिकले सचेत हुनु जरुरी छ ।”
प्रतियोगितामा गाउँपालिका भित्रका ११ विद्यालयको सहभागिता रहेको छ ।रासस



प्रतिक्रिया दिनुहोस्