Logo

दुईसाता देखि कतारमा शव अलपत्र



रौतहट, २० माघ । चन्द्रपुर सन्तपुरका रोहनकुमार चौधरीको पछिल्लो दुई साता कतारमा रहेका नेपाली राजदुताबासमा फोन गर्ने र काठमाडौमा रहेका वैदेशिक रोजगारी सम्बन्ध निकायमा धाउँदैमा बितिरहेको छ ।
रोजगारीका लागी कतार पुगेका ५६ वर्षिय पिता लक्ष्मणको उतै ‘निधन’ भएपछि रोशनकुमारको दौडधुप बढिरकेको छ ।

पिताको शव घरसम्म ल्याउन रोशनकुमारले जत्रिसुकै दौडधुप गरेपनि अहिले सम्म कुनै उपलिब्ध हात लागेको छैन । ‘पिताको शव घरमा पठाइदिनुप¥यो भनेर दैनिक जसौ कतार स्थित नेपाली राजदुतावासमा फोन गरिरहेको छु ।’ आइतबार सहयोगको लागी वैदेशिक रोजगार बोर्डको सचिवालय पुगेका रोशनले नागरकि सँग भने ‘सबैले काम भैरहेका छ भन्छन् तर कहिले शव आइपुग्छ यकिन छैन ।’

१४ वर्षदेखि कतारको हेड रिक्लाईमेसनमा रुपमा कार्यरत लक्ष्मण पुनः वैदेशिक रोजगारीमा नजाने गरी उही फगुन महिना घर फर्कदने तयारीमा थिए । ‘अर्को महिना १४ वर्षदेखि गर्दै आएको काम छोडेर घर आउदै गरेका कारण सबै परिवार उत्साही थियो । ’ छोराले भने ‘एक्कासी बुबाको निभन भएको खबर सुन्दा मर्माहत छौ ।’

‘कम्पनिले आत्माहत्या गरेको जानकारी दिए पनि बुबाले आत्महत्या गनुर््पर्ने कुनै कारण छैन’ , छोरा रोशनले भने ‘आत्महत्या गरेको भनिएपनि अघिल्लो दिन म र आमासँग करिव आधा घण्टा कुरा भएको थियो ।निराशाको कुनै छनम पाएका थिएनौ ।’ रोशनले केहि महिना अघि आफुले चन्द्रनिगाहपुर नगरपालिकामा कम्प्युटर अपरेटरको रुपमा नाम निकाल्दा पिता हषिर्नत हुदे कतारमा मिठाई बाँडेको समेत सुनाए ।

उनको पिताको कमाई मासिक एक लाख हाराहारमिा थियो । घरपरिवारको पनि चिन्ता गनुर््पर्ने कुनै कारण थिएन । रोशनले भने ,सबै परिस्थिती हेर्दा आत्महत्या गर्नुपर्ने कुनै कारण थिएन ।’ कतारबाट पठाएको तस्विर आत्महत्या गरेको जस्तो नदेखिएको पनि मृतकका परिवारले हत्या भएको आशंका गरिरहेको छ । ‘कतारबाट पठाएको तस्विर हेर्दा आत्महत्या जस्तो दृखिदैन,’ रोशने भने, ‘हत्या भएको दुई साता बितिसक्दा पनि शव घर नआउँदा अनेक शंका उत्पन्न भइरहेको छ ।’

कम्पनमि श्रमिकको हत्या भएको खवर सार्वजनिक हु्दाँ पनि रोजगारदाताको बेइज्यत हुने र मृतकको परिवारलाई ठुलो रकम उपलब्ध गराउनु पर्नेबाध्यताले गर्दा शव झिकाउन ढिलाई भएको हुनसक्ने चौधरी परिवारको आशंका छ । ‘हत्या गरेर आत्महत्या भएको देखाउनलार्य शव झिकाउँन ढिलाई गरिरहेको आशंकान गरिएकोले दिनहुँ जसो राजदुतावास मा फानेन गर्ने र बोर्ड सचिवालयमा धाउने गरेको छु ।’ रोशनले भने ‘तर नेपालको तर्फबाट रोजगारदाता कम्पनीलाई दबाब दिने काम भएजसतो लाग्दैन ।’

रोशनले कतारस्थित राजदुतावासका कर्मचारी जति फोन गर्दा पनि राम्रोसँग रेस्पोन्स नगरेका गुनासो गरे । ‘यहि बाट फोन गर्दा सुरुमा दुतावासका कर्मचारलिे कुराकानी गरेका थिए,’ रोशनले भने ‘कर्मचारी भएको केही बेरमै पछि फोन गछुृ भन्दै सम्र्पक टुटाएका कमृचारीले त्यसपछि जत्रि फोन गर्दा पनि कुर्र गर्न मान्दैनन ।’ जति फोन गर्दा पनि कार्यालयका सहयोगीले मात्र उठाउने गरेका उनको गुनासो छ ।

बोर्ड सचिवालय का कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले पनि लक्ष्मणको शव झिकाउन आफुले कतार स्थित राजदुतावासको कर्मचारीसंग समन्वय भइरहेका बताए । ‘कतार राजदुतावासबाट शव झिकाउन का लागी अझै प्रक्रिया बाँकी रहेको जानकारी पाएको छु,’ उनले भने । सचिवालयका कर्मचारीका अनुसार यसअघि अन्य गन्तव्यको तुलनामा कतारबाट शव आउन बढमिा एक सातासम्म समय लाग्ने ग¥थ्यौ ।

‘मृत्यु भएको दुइृ साता बितिसक्दा पनि शव आउने यकिन नभएपछि मृतकका आफन्त आक्रोसित हुनु स्वाभाविक हो ।’ सचिवालयका कर्मचारीले भने । ‘तैपनि हामी भर पर्ने भनेको नियोगसँग नै हो । ’कर्मचारकिा अनुसार यतिखेर शव झिकाउन सबैभन्दा कठिन साउदी अरेबियाबाट छ ।साउदी अरेबियाबाट भने शव झिकाउन तीन महिनासम्म लाग्ने कर्मचारीको भनाई छ ।

सचिवालयले वैदेशिक रोजगारीको क्रममा निधन भएका व्यक्तिको शव घरसम्म पु¥याउने देखि परिवारलाई सात लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउँछ । त्यस्तै बिमा कम्पनीले मृतकका परिवारलाई प्रतिव्यक्ति १४ लाख रुपैयाँ सम्म उपलब्ध गराउँछन् ।
सचिवालय र बिमा कम्पनीले उपलब्ध गराउने आर्थिक सहायता पाउनका लागी श्रम स्वीकृत नलिई तेस्रो मुलुक हुदँै वैदेशिक रोजगारीमा गएकाले निभन भयो भने त्यस्तो सुविधा पाइदैन ।
सरकारले लामो समयदेखि वैदेशिक रोजगारीलाई सुरक्षति , मयाृदित र व्यवस्थित बनाउने भन्दै आए पनि व्यवहारमा भने त्यसतै देखिएको छैन । चालु आव को पहिलो चौमासिक वैदेशिक रोजगारीको क्रममा दुई सय ५१ को मृत्यु भएको छ । नागरीक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot