काठमाडौ, माघ २० । उखु किसान संर्घष समितिले वक्यौता रकम पायउन उपवासदेखि अनिश्चिकालीन रिले अनसन सम्म्मा कार्यक्रम तय गरेका छ । संर्घष समितिले सरकारुरको रले बाचा गरे पनि तोकिएको समयमा बब्क्यौता रकम उपलब्ध गराउन नसकेको विरोधमा चैत्र ४ गतेदेखि दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेका छ ।
आन्दोलनका विभिन्न स्वरुपअन्र्तगत बिहान एक छाक खाने र राती उपवास गरी भोकै पेट खेतमा काम गर्ने कार्यक्रम छ । उखु किसान संर्घष समिति ले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै दास्रेो चरणको आन्दोलन घोषणा गरेका हो ।’ समितिका अध्यक्ष रामस्वार्थ रायका अनुसार शनीवार सर्लाहीको गोडैतामा सम्पन्न संघर्ष समितिको बैठकले राजधानीमा दोस्रो चरणको अनिश्चितकालिन आन्दोलन गर्ने निर्णय गरेको हो ।
‘पुस १८ गते भएको सरकारसँगको सम्झौता पुर्णरुपमा कार्यान्यन आएन, सरकारले सहमती गरेर हाम्रो आन्दोलन फिर्ता गराएर हामीलार्य ठग्ने काम मात्रै ग¥यो,’ रायले भने । ‘तोकिएको अवधिभित्रमा बक्यौता रकम भुक्तानी गराउन सरकारले इमानदारीता देखाउन सकेन, सरकारको गैरजिम्मेवारी पनले पराकाष्टा विरुद्द दोस्रो चरणको आन्दोलन घोषणा गरेका छौ । संघर्ष समिती ले गरेको निर्णयअनुसार सर्लाहीको सम्पुर्ण गाउँपालिका को वडा स्तरसम्म पहुँच हुने किसानको टोली खटाएर आइतबार देखि आगामी फागुन ५ गतेसम्म बक्यौता रकम नपाउने किसानको तथ्यांक संकलन गरिनेछ ।
फागुन ६ गतेदेखि २१ गतेसम्म उखु किसानले एक छाक मात्रै खाना खाएर काम गर्ने , फागुन २२ गतेदेखि चैत्र २ सम्म ‘चलु काठमाडौ , भरु काठमाडौ’ नाराका साथ पिडित किसान काठमाडौमा जम्मा हुने र चैत्र ४ गतेदेखि माइतिघर मण्डलामा अनिश्तिकालीन आन्दोलन र रीले अनशनमा सहभागी हुने कार्यक्रम तय गरेका छन् ।
रायका अनुसार महालक्ष्मी चिनी उद्योगबाट ९ करोड ९० लाख , अन्र्नपुर्ण सुगर मिलबाट ३८ करोड १० लाख, इन्दिरा सुगर मिलबाट १० करोड ४८ लाख श्रीराम सुगर मिलबाट २६ करोड ७७ लाख ७८ हजार, बाग्मती खाँडसारीबाट आठ करोड ५० लाख, महालक्ष्मी सुगर मिलबाट ६२ हजार, लुम्बिनीबाट आठ करोड ४१ लाख, बाबा बैजनाथबाट २५ लाख ५६ हजार रकम किसानले भुक्तानी पाउन बाँकी छ ।
उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयले किसानको वक्यौता उपलब्ध गराउन अटेर गरेको र सम्र्पकमा समेत आउन नमानेको भन्दै माघ ८ गते अन्नपुर्ण सुगर एण्ड जनरल इन्डष्ट्रिज , इन्दिरा सुगर एन्ड एग्रो इन्डस्ट्रिज र लुम्बिनी चिनी उद्योगको बैक खाता रोक्का गर्न निर्णय गरेका थियो । मन्त्रालयले किसानलाई भुक्तानी दिने प्रयोजनबाहेक अन्य आर्थिक कारोबार बैंक मार्फत रोक्का गर्ने निणर्य गरी सरोकार वाला निकायलाई पत्राचार गरेको थियो । अन्नपुर्ण पोस्टबाट