विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस फैलिइरहेको छ । संक्रमणका कारण विश्वनै त्रसित छ । नयाँ किसिमको भाइरसको भ्याकसिन नभएको कारण यसको रोकथाम गर्न सम्पूर्ण विश्वसामु चुनौती छ । सबैभन्दा चुनौती चीनलाई छ । उसले इतिहासमै कठिन परिस्थितिको सामना गरिरहेको छ ।
नयाँ किसिमको भाइरसले करिब ३१ देशमा संक्रमण देखिएको तथ्यांकले देखाएको छ । भाइरसबाट मूत्यु हुनेको संख्या ३६० पुगेको जनाइएको छ । भाइरसबाट झण्डै २० हजार मानिस प्रभावित भएका छन् ।
भाइरसको भ्याकसिनको खोजी विश्वव्यापी रुपमा भइरहेको छ । भ्याकसिन नै एक मात्र आधार रहेको जनाइएको छ । भ्याकसिन निर्माण गर्न केही समय लाग्ने भएको विज्ञहरु बताउँछन् । मोर्डना थेरापौटिक्स क्यामव्रीजले कारोना भाइरसको संक्रमणबाट बच्न् भ्याकसिनको निर्माण गरिरहेको जनाएका छन् ।
संक्रमणको क्रममा चीनले यूरोपियन संघसंग भ्याकसिन बनाउनको लागि सहयोगको आपेक्षा गरेका छन् । ब्रिटिश ड्रग मेकर कम्पनी ग्लाक्सो स्मिथ क्लिन भ्याकसिन निर्माणको लागि कार्य गरिरहेको समेत जनाइएको छ । मोर्डना थेरापौटिक्सले शरीरको प्रतिरक्षा प्रणालीलाई सो भाइरसबाट लडने क्षमतालाई बढाउनका लागि प्रयोग गर्न भएको जनाइएको छ । कारोना भाइरस निमत्याँउन प्रटिनलाइ सो भ्याकसिनमा समावेश गर्नेछ । सो भाइरसको भ्याकसिनले संक्रमित भएको व्यक्तिलाई सो भाइरसबाट लड्ने क्षमतालाई बदाउने जनाइएको छ ।
भ्याकसिनको खाजी नेशनल इस्टिच्युट अफ एलर्जी र संक्रमक रोग संस्थाका निर्देशक डा. एन्थोनी फौसीले खोजी गरिरहेको जनाइएको छ । उक्त भाइरसको प्रोटिनलाई एमआरएनए भ्याकसिनमा कोडिङ गरेर भ्याकसिन निर्माण गर्ने जसले शरीरलाई भाइरसबाट लड्न मद्दत पुर्याउने जनाइएको छ । यस भाइरसबाट उनमुक्रि पाउने प्रतिबद्धता डा. एन्थोनी फौसीले जनाएका छन् ।- एजेन्सीको सहयोगमा