माघ २०, काठमाण्डौ । कोरोनाभाइरसको प्रकोपले विश्वभरका नागरिक त्रसित छन् । संक्रमणबाट कसरी बच्ने भन्ने चिन्ता छ । किनकी यो भाइरस संक्रमण भएमा उपचारबाट निको हुने सम्भावना निकै कम छ । भाइरसको प्रकोपबाट आफूलाई सुरक्षित राख्नको लागि मास्क लगाउन थालेका छन् । अध्ययनले मास्कले केही हदसम्म रोग लाग्नबाट बचाउने देखाएको छ । तर अनुसन्धानदाताहरुले मास्कभन्दा पनि बढी हात धुने कार्य प्रभावकारी भएको बताएका छन् ।
कोरोनाभाइरस स्वासप्रस्वास अंगलाई प्रभावित बनाउने भाइरस हो । यस्तो भाइरस हाच्छ्यु गर्दा वा थुक्दा बिहिरिने छिटामा हुन्छ । हावामा लामो समय तैरिन नसक्ने यी छिटा जुन सतहमा खस्छन् त्यहाँ लामो समय रहने हुन्छ ।
मास्कले भिडभाडमा गएको समयमा संक्रमितसँग नजिकिएको अवस्थामा रोग सर्नबाट केही सुरक्षा दिनेगर्छ । तर भिडभाडमा संक्रमितले रोगका किटाणु छाडेको हुन सक्छ, जसको संक्रमण फैलिने सम्भावना बढि हुन्छ । संक्रमणबाट बच्नका लागि सबैभन्दा बढि प्रभावकारी उपाय सरसफाईलाई मानिएको छ ।
विशेषगरी हात धुने कार्यमा ध्यान दिइयो भने हातबाट हुने रोगको विस्तार पनि रोकिन्छ । हात धुनेभन्दा केही मान्छे दिनमा कैयौ पटक हात धोएका धोएकै गर्ने पनि हुन्छन् । तर कोरोनाभाइरसको विस्तार रोक्न त्यति धेरै हात धुन पनि आवश्यक हुदैन । विशेष विशेष अवसरमा राम्रोसँग हात धोएमा प्रकोप लाग्ने सम्भावना अत्यधिक कम हुन्छ ।
कस्तो अवस्थामा हात धुने ?
– हरेक पटक ट्वाइलेट प्रयोग गरिसकेपछि
–खाना खानु अघि
–घर बाहिर गएर घर पसे लगतैपछि
कसरी हात धुने ?
–हात धुदाँ पानीको धारा ठूलो बनाउदाँ राम्रो । यसले पखालिएका भाइरस बगेर जान्छन् ।
–अनिवार्य साबुनको प्रयोग गर्ने । पानीले मात्र ब्याक्टेरिया र भाइरसजस्ता किटाणुको बाहिरी पत्रलाई पनि टुक्राएर सक्दैन जुन काम साबुनले गर्छ ।
–हात धुदाँ समय लगाएर मिचिमिचि धुनुपर्छ । हातका केही कापमा साबुन पानी पुग्न समय लाग्ने भएकाले केही समय लगाएर हात धुनुपर्छ ।
–हातको धुदाँ अघिल्लो भागमा मात्र होइन पछिल्लो भागमा पनि उत्तिक्कै महत्व दिनुपर्छ । हात धुदाँ धेरैले अघिल्लो भागमा मात्र ध्यान दिने गर्छन् । सम्झिन सजिलोको लागि पन्जा लगाउदा जुन जनु भाग छोपिन्छ, ती सबैमा साबुन लगाएर धुनुपर्छ ।
–पछि सबै साबुन पखालिने गरी मिचिमिची पखाल्नुपर्छ ।
–हात धोइसकिएपछि हातलाई केही कुराले पुसेर सुक्खा बनाउनुपर्छ । यसको लागि ट्वाइलेट पेपर वा टावेल जे प्रयोग गर्दा पनि हुन्छ ।
–हात धोएर बाथरुमबाट बाहिर निस्कदा टिस्यु पेपर वा अन्य सामानले बाथरुमको ह्याण्डल खोल्दा ह्याण्डलमा यदी भाइरस बचेको भए पुनः हातमा आउन पाउँदैन ।
यसरी सामान्य उपाय अपनाउन सकियो भने पनि नोबेल कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ ।