काठमाडौं, २० माघ । सरकारले गृहसचिवमा महेश्वर न्यौपानेलाई नियुक्त गरेको छ । सरकारले प्रेमकुमार राईले अवकाश पाएपछि रिक्त रहेको उक्त पदमा न्यौपानेलाई नियुक्त गरेको हो । आज बसेको मन्त्रिपरिषद् बैठकले न्यौपानेलाई गृहसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ ।
यसअघि न्यौपाने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए । आइतबारबाट लागू हुने गरी राईले राजीनामा दिएपछि गृहसचिव पद रिक्त रहेको थियो ।