काठमाडौं, माघ २१ । मेरिकाकाले आप्रपासी प्रवेशको नीतिमा थप कडाई गरेको छ । गत जनवरी ३१ मा प्रकाशित एक विज्ञप्ति जारी गर्दे उसले म्यानमारसहितका थप ६ देशमाथि भिसा प्रतिबन्धको घोषणा गरेको हो ।
म्यानमार, इरिटेरिया, क्रिग्रिस्तान, नाइजेरिया, सुडान र तान्जिनियामाथि भिसा प्रतिबन्ध लगाउने गरेको घोषणामा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका छन् ।
थप कडाई भएपछि बर्माका आप्रवासीहरु अमेरिका जान नपाउने भएका छन् । भिसा प्रतिबन्ध लागेसँगै अमेरिकी सरकारले अन्य देशहरुमा यस्तो निर्णय गर्न सक्ने बताइएको छ ।
विशेष आप्रवासीका लागि योग्य हुनेले भने भिसा प्राप्त गर्नसक्ने विज्ञप्तिमा उल्लेख छ ।इरिटेरिया, क्रिग्रिस्तान र नाइजेरियामाथि पनि यस्तै खालको भिसा प्रतिबन्ध लगाइएको छ ।