Logo

सुन तोलाको ५०० ले घट्यो



काठमाडौँ, २१ माघ : निरन्तर उकालो लागिरहेको सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । मङ्गलबार सुन तोलाको पाँच सयले घटेर ७६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । साेमबार तोलाको ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मङ्गलबार घटेकाे हाे ।

यस्तैगरि चाँदी तोलामा १० रुपैयाँ घटेर तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्