Logo

सुनजस्तै महँगियो लसुन



काठमाडौं, २१ मघ । लसुनको मूल्य प्रतिकेजी छ सय कटेको छ । आज सुकेको स्थानीय लसुनको मूल्य छ सय रुपैयाँभन्दा बढी पुगेको हो ।
चीनबाट लसुनको आयात ठप्प भएपछि मूल्य आकाशिएको हो । स्थानीय उत्पादन न्यून हुनु र परनिर्भरताका कारण पनि मूल्य बढेको हो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज चिनियाँ लसुनको मूल्य प्रतिकेजी ५५० देखि ५६० रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च हो ।

यसअघि प्याजको मूल्य पनि प्रतिकेजी तीन सय रुपैयाँ कटेको थियो । प्याजको मूल्य प्रतिकेजी एक सयमा आइपुग्दा लसुनको मूल्य भने घटेको छ ।



प्रतिक्रिया दिनुहोस्