Logo

यौनसम्पर्क पछि लेनदेन विवादले तेस्रो लिंगी भुजेलको हत्या



हेटौँडा, २१ माघ । तेस्रो लिङ्गी अजिता भुजेलको हत्या भएको १८ दिनपछि पाँचजना अभियुक्त सार्वजनिक गरिएका छन् । घटनामा प्रत्यक्ष संलग्न चारजना र अर्का एक व्यक्तिलाई पक्राउ गरी प्रहरीले घटनाबारे पत्रकार सम्मेलन गरी मंगलबार जानकारी गराएको हो ।

यसरी भयो हत्या
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी सुशीलसिंह राठौरका अनुसार ३ माघको राति ना ६ क ६५२७ नम्बरको ट्रकका सहचालक सिमोन परियारले साहुलाई समेत नसोधी गाडी हुईक्याएका थिए । मध्यरातमा हिडेका उनले सुशील थापा मगरलाई भेटेका थिए । थाना भर्याङमा यौन सम्पर्क गर्न जाऔं भनी दुवै हिंडेका थिए । उनीहरुले साथीहरु बुद्ध लामा र आशिष बललाई समेत लगे ।

साँढे एक बजे उनीहरुले तेस्रो लिङ्गी अजिता भुजेललाई भेटे । भुजेलसँग सात हजारमा यौन सम्पर्कको कुरा मिलाए । चारै जनाले ट्रकको क्याबिनमा यौन सम्पर्क पछि रकमको विषयमा विवाद भएको थियो । एसपी राठौरका अनुसार विवादका क्रममा ट्रकमा रहेको विजुलीको तारले घाँटी कसेर हत्या गरे ।

हत्यापछि ४ माघमा भुजेलको शवलाई क्याम्पाडाँडामा फालिदिए । शव फेला परेपछि प्रहरीले हत्याको अनुसन्धान थाल्यो । तेस्रो लिङ्गीको संस्था निल हीरा समाजलगायतले दबाब बढाए । प्रहरीले शंकास्पद २५० जनासँग सोधपुछ गर्यो ।

यसरी हत्यारा पत्ता लाग्यो
प्रहरीका अनुसार हत्यारा पत्ता लगाउन मोबाइल फोन सहयोगी भयो । अजिता भुजेको ओप्पो मोबाइल एलिशा पाख्रिनको हातमा पुगेको जानकारी पायो । नयाँ सिम हालेर एलिशाले मोबाइल चलाइरहेकी थिइन् ।

उनीसँग मोबाइल कसरी फेला पर्यो भनी सोधपुछ गर्दा उनका साथी आशिष बलले दिएको पत्ता लाग्यो । बलसँग बुझ्दा बुद्ध लामाले दिएको भने । लामासँग बुझ्दा सिमोन परियारबाट पाएको भने । परियारसँग सोधपुछका क्रममा हत्या खुलेको एसएपी राठौरले बताए । उनले घटना घटेको वृस्तृत बयान दिएपछि प्रहरीले अनुसन्धानका क्रममा धेरै तथ्यहरु पत्ता लगाएको थियो ।

एसपी सुशील राठौरका अनुसार अनुसन्धान अझै जारी रहेको छ । घटनाको कारण यौन र पैसाको विवाद नै देखिएको उनको भनाई छ ।
अनिता भुजेलको मोबाइल लिएकी एलिशा पाख्रिनलाई पनि अनुसन्धानका लागि पक्राउ गरिएको छ ।

Photo Source: Pinky Gurung’s Facebook Page



प्रतिक्रिया दिनुहोस्

Screenshot