गुल्मी, २१ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी तथा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले एमसीसीको विस्तृत रुप थाहा नभएकाहरुले ठूलो भ्रम फैलाएको टिप्पणी गरेका छन् । एमसीसीका बिषयमा सूचना र ज्ञानको अभावका कारण जिम्मेवार नेताले समेत जनतामा गलत सन्देश पुराएको उनको आरोप छ ।
मंगलबार प्रेस संगठन गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले एमसीसी चुइगम जस्तै भएकाले जति चपाए पनी पछीसम्म रस आए जस्तै यसको महत्त्व दीर्घकालीन भएको बताए । file photo