काठमाडौ, २१ माघ । काठमाडौ मेट्रो रेलको प्रारम्भिक अध्ययन गरेका ९ वर्ष बित्यो । तर , अहिलेसँम काम अघि बढेको छैन । उपत्यकामा सवारीसाधनको चाप बढ्दै गएपछि विकल्पमा मेट्रोरेल को अध्ययन गरिएको थियो । सन् २०११ मा कोरियन कम्पनीले उपत्यकाका विभिन्न ५ मुख्य खण्डमा मेट्रो रेलमार्गको अध्ययन गरेर भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई प्रतिवेदन मन्त्रालयमा नै थन्किएको छ । यस बारे छलफल पनि भएको छैन ।
‘सुरुमा आवश्यक भएर अध्ययन गरियो, पछि काम अघि बढ्न सकेन,’ रेल विभागका महानिर्देशक बलराम मिश्रले भने , ‘अहिले विभागले डीपीआरको काम गर्दै छ , विस्तारै सबै खण्डको काम हुन्छ । ’ काठमाडौमा मोनोरेल भन्दा मेट्रो नै उपयुक्त भएको उनको भनाई छ । ‘त्यहि अनुसार ५ खण्ड मध्ये एउटा खण्डका डिपीआर तयार पार्दै छौ ,’ उनले भने । सातदोबाटो–रत्नपार्क–नारायण गोपालचोकको १२ दशमलब १० किमी क्षेत्रको डिपीआर को काम फागुन दोस्रो साताभित्र सुरु हुदैछ ।‘विस्तसत इन्जिनियरिङ डिजाइनको काम सकिएपछि सीधै निर्माणमा जानेछौ,’ उनले भने , ‘तर अन्य खण्डको अध्ययनका लागी आदेश आएको छैन ।
कीर्तीपुर–कालीमाटी –नयाँ बानेश्वर –एयरर्पोटसम्मको दुरी ११ दशमलब १५ किमी छ । कोटेश्वर–चावजहिल–स्वयम्भु–कोटेश्वर २८ दशमलब ५३३ किमी ,स्वयम्भु–डिल्ली बजार –बौद्ध ११ दशमलब ७० र धोबीघाट–सींहदरवार–नक्साल–गोंगबुसम्म १३ दशमलब ८ किमी दुरी छ । सबै गरेर रेलमागृको दुरी ७७ दशमलब २८ किमी छ । स्वयम्भु–डिल्लीबजार–बौद्ध र धोवीघाट–सिंहदरबार –नक्साल–गोंगबु खण्डमा भने सुरुङ निर्माण गरिनेछ ।अन्य खण्डमा जमिनबाट ५ सय मिटर अग्लो पुलबाट रेल चल्ने बनाइनेछ ।(कान्तीपुर दैनिकबाट)