Logo

कर नतिरेको क्यासिनोमा ताला लाग्दै



काठमाडौं, २१ माघ । चार वर्षदेखि अदालतको अन्तरीम आदेशको भरमा चलेृका क्यासिनो रोयल बुधबारबाट बन्द हुने भएको छ । याक एण्ड यतिसम्मको घर बहाल कर सम्झोताको समय सकिएसंगै अदालतको अन्तरीम आदेश पनि सकिने हुँदा क्यासिनो रोयल बन्द हुने भएको हो ।

पाँच वर्ष अगाडी होटल र गिल्ट इन्भेष्मेन्ट प्रालि बीच रोयल क्यासिनो चलाउने सम्झौता भएको थियो । तर, क्यासिनोले करार बमोजिम भाडा र कर चुक्ता नगरेपछि होटल र क्यासिनो सञ्चालक बचि लफडा सुरु भएको थियो । होटलले क्यासिनो बन्द गर्न सुचना दिएपछि तत्कालिन सञ्चालक सुरेन्द्र बहादुर सिंहले अदालतबाट ‘स्टे अर्डर’ वा अन्तरीम आदेश जारी गराई करार समयसम्म क्यासिनो चलाउन दिने आदेश गराएका थिए । अहिले उक्त क्यासिनो सिंहले बिक्रि गरिसकेका छन् । सिंह पछि उक्त क्यासीनो भारतीय नागरिक आषिश पटेलले खरिद गरी नेपाली नागरीक जयन्ती थापाको नाममा राखेका थिए ।

कर चुक्ता नभएको हुँदा रोयल क्यासिनो कागजमा मात्र खरिद विक्री हुँदै आएको छ । जयन्तीको नामबाट सो क्यासनिो ६ महिना अगाडी अनिश शर्मा भन्ने गोर्कण लामिछानेको नाममा आएको स्रोत बताउँछ ।
पहिले रोयल क्यासिनो अनिश शर्माले चलाउदै आएका छन् । उनले पनि कर, भाडा र कर्मचारीका तलब भने दिएका छैनन् । स्रोतका अनुसार तीन महिनादेखि रोयलका कर्मचारीले तलब पाएका छैनन् । तर, अनिशको समुहले क्यासिनोका नाममा होटेल मालिकलाई तर्साउन केही गुण्डा र प्रहरीलाई शेयर विक्रि गरिरहेका बजारमा हल्ला गरेका छन् । होटलले बु्धबारबाट क्यासिनोमा ताला लगाउले तयारी गरेको छ । स्रोतका अनुसार श्रलिंकाको बिलिज कम्पनीलाई क्यासिनो दिने तयारीमा होटल छ । सोही कम्पनीले नेपालको मल्ल होटलमा पनि क्यासिनो बेलिज दुई वर्षदेखि सञ्चालन गर्दै आएको छ । गिल्ट इन्भेष्टमेन्टका सुरेन्द्र बहादुर सिंहले करोडौ रुपैयाँ कर चुक्ता नै नगरी कम्पनी रजिष्टारमा मोेटो रकमको चलखेल गर्र्द जयन्तीको नाममा शेयर नामसरी गरिदिएको स्रोत बताउँछ ।

सिंहले क्यासिनो जयन्ती थापालाई बेचेको भनी होटेल सञ्चालक राधेश्याम सर्राफलाई जानकारी गराउँदा सर्राफले कर चुक्ताको कागज मागेको तर सिंहले पछि दिउँला भनी झुक्याएको समेत स्रोतको दाबी छ । रोयल क्यासिनोले यस अघि नै तिर्नुपर्ने १४ करोड ५४ लाख रुपैयाँ हर्जना समेत १७ करोड रुपैयाँ नाघिसकेको छ । त्यसमा अहिलेको १३ करोड २८ लाख रुपैयाँ थप्दा बक्यौता रकम ३० करोड रुपैयाँ बढी भइसकेको छ । ३१ करोड रुपैयाँ रोयल्टी बक्यौता रहेको कम्पनीको कर चुक्ता नगराई नामसारी गरिनुुले सुरेन्द्र बहादुर सिंह र कम्पनी रजिष्टारको कार्यालयका कर्मचारी बीच छानबिन हुनु आवश्यक छ । (जनप्रहार साप्ताहिकबाट)



प्रतिक्रिया दिनुहोस्