काठमाडौं, २१ माघ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ‘एमसीसी’का सम्बन्धमा सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । उनले मन्त्री बाँस्कोटाको राजीनामा माग गरे । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको शून्य समयमा बोल्दै उनले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको राजीनामा मागेका हुन् ।