Logo

प्रचण्ड परिवारले अस्वीकार गरेपछि आइजीपी खनालले गंगालाई पर्सा पठाए



काठमाडौं, २१ माघ । अन्ततः एसपी गंगा पन्त पर्सा सरुवा भएकी छिन् । एक महिना अघि उनी चितवन सरुवा भएकोमा प्रचण्ड परिवारले अस्वीकार गरेपछि आइजीपी सर्वेन्द्र खनालले सरुवा अन्यत्र गरेका हुन् ।

खनालले एसपी गंगा पन्तलाई चितवन सरुवा गरेका थिए । तर, प्रचण्ड परिवारले उनको सरुवालाई अस्वीकार गरेपछि पन्त जान पाइनन् । उनको सरुवा संशोधन गरी चितवनबाट पर्सा पठाइएको हो । गंगामाथि फेसबुक स्टाटसमा प्रचण्डविरुद्ध लेखेको आरोप लागेको थियो ।

चितवनमा एसपी नान्तीराज गुरुङलाई पठाइएको छ । प्रचण्ड परिवारकै सिफारिसमा गुरुङ चितवन सरुवा भएका हुन् । त्यस्तै, बारामा कृष्ण पंगेनीलाई पठाइएको छ । पर्साका सोमेन्द्रसिंह राठौरलाई महानगरीय अपराध महाशाखामा सरुवा गरिएको छ । काठमाडौं परिसरका अशोक सिंहको इन्टरपोल शाखामा सरुवा भएको छ । बाराका एसपी विकाराज खनालको दंगा गण, सुनवलमा सरुवा भएको छ ।
आइजीपी खनाल सेवानिवृत्त हुनुभन्दा एक हप्ता अघि पछिल्लो सरुवा र सरुवा संशोधन गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot