Logo

अबको तीन वर्ष म नै प्रधानमन्त्री, छिट्टै मिर्गौला प्रत्यारोपण गर्छु : प्रधानमन्त्री ओली



काठमाडौ, २१ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको तीन वर्ष आफू नै प्रधानमन्त्री हुने आवश्स्त पारेका छन् । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पादकहरूसँग छलफल गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,”सरकार केही तलमाथि हुँदैन। मेरै नेतृत्वमा काम गर्छ। साथीहरूले त्यसको चिन्ता नलिनु भए हुन्छ।”  त्यस्तै, उनले चाँडै किड्नी ट्रान्सप्लान्ट गर्न लागेको पनि जानकारी गराएका छन्। डायलासिस गरिरहनुभन्दा ट्रान्सप्लान्ट गर्दा नै बलियो हुने भएकाले मिर्गौला प्रत्यारोपण गर्न लागेको प्रधानमन्त्री ओलीले स्पष्ट पारेका हुन् ।

त्यस्तै, प्रधानमन्त्री ओलीले अहिले चर्चामा रहेको एमसिसीको बारेमापनि आफ्नो धारणा राखेका छन् । उनले एमसिसीका प्रावधानहरु नेपालको हितमा रहेको स्पष्ट पारेका छन् । उनले एमसिसीका प्रावधान जायज भएको उल्लेख गर्दै चाँडै सदनबाट अनुमोदन गरिने जनाए ।

उनले उक्त सम्झौता शुद्ध रुपमा विकासका लागि भएको र त्यसमा सैनिक या सुरक्षा पक्ष नरहेको भन्दै यसलाई अनुमोदन गर्नुपर्ने स्पष्ट पारेका हुन् ।उनले भने,‘वास्तवमा मलाई प्रधानमन्त्री पदबाट हटाई बनाएको सरकारले अमेरिकासँग सम्झौता गरेको हो। त्यसबेला पनि मैले यस सम्झौतालाई ठिक भनेको हुँ। अनुमोदन गर्नुपर्छ। अनुमोदन हुन्छ।’ file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot