Logo

गृहसचिवमा महेश्वर न्यौपाने



काठमाडौं, माघ २२ । गृहसचिव प्रेमकुमार राईले अवकाश पाउन केही दिन बाँकी छँर्दै दिएको राजीनामा स्वीकृत भएसँगै सरकारले गृहसचिवमा महेश्वर न्यौपानेलाई सरुवा गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्कोबैठकले रिक्त गृहसचिवमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेलाई सरुवा गर्ने निर्णय गरेको हो। न्यौपानेले यसअघि पर्यटन, सार्वजनिक खरिद अनुगमन कार्यालयमा काम गरिसकेका छन्।

माघ २२ गते बुधवारबाट ५ बर्षे कार्यकाल पूरा गरी अनिवार्य अवकाश पाउन लागेका राईले दुई दिनअघि अर्थात् माघ २० गतेदेखि लागू हुनेगरी दिएको राजीनामा स्वीकृत भएसँगै रिक्त गृहसचवि पदमा न्यौपानेलाई सरुवा गरिएको हो।

मन्त्रिपरिषद्ले राईसँगै बुधवारदेखि नै अवकाश पाउन लागेका उपराष्ट्रपतिको कार्यालयका सचिव रामकुमार आचार्यको राजीनामासमेत स्वीकृत गरेको थियो। बुधबारदेखिनै अर्थसचिव राजन खनाल र नेपाल ट्रष्टको कार्यालयका सचिव गजेन्द्रकुमार ठाकुरले सचिवको रूपमा पाँच वर्ष कार्यकाल पूरा गरी अवकाश पाउँदैछन्।

मन्त्रिपरिषद् बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रदेश १ का प्रमुखसचिव सुरेशकुमार अधिकारीलाई सरुवा गर्ने निर्णय गरेको छ। प्रदेश १ को प्रमुख सचिवमा उद्योग मन्त्रालयका सहसचिव दिनेश भट्टराईलाई बढुवा गरी पदस्थापन गरिएको छ।



प्रतिक्रिया दिनुहोस्