Logo

कोरोना भाइरसबाट मर्नेको संख्या ५०० पुग्यो



काठमाडौं, २२ माघ । सँसारभर कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या पाँच सयको पुगेको छ । भाइरसका कारण दुईजनाबाहेक सबैको चीनमा मृत्यु भएको हो ।

सँसारभर झण्डै २५ हजारमा रोगको संक्रमण देखिएको छ । २५ देशमा भाइरसका संक्रमित देखिएका छन् । चीनको उआन क्षेत्रबाट फैलिएको रोगका कारण सँसारभर त्रास उत्पन्न भएको छ । अमेरिका र अष्ट्रेलियाले चीनबाट आउने यात्रीलाई केही समयका लागि यात्रा प्रतिबन्ध गरेका छन् ।

नेपालमा पनि कोरोना भाइरसका संक्रमित देखिएका छन् । सरकारले रोग फैलन नदिनका लागि संक्रमितलाई निगरानीमा राखेर उपचार गरिरहेको छ भने विमानस्थल र नाकाहरुमा कडाई गरेको छ ।-Photo: Xinhua



प्रतिक्रिया दिनुहोस्

Screenshot