Logo

रुँदा पनि आलोचना



मुम्बई, माघ २२ । बलिउड अभिनेत्री साराअली खान तथा अभिनेता कार्तिक आर्यन अभिनीत फिल्म ‘लभ आज कल’ भ्यालेनटाइन डेको अवसरमा रिलिज हुँदैछ। फेब्रुअरी १४ तारिखबाट रिलिज हुन लागेको यो फिल्मको ट्रेलरले मिश्रित प्रतिक्रिया पाइरहेको छ।

खासगरी फिल्मको ट्रेलरमा अभिनेत्री साराअली खानले ओभर एक्टिङ गरेको भन्दै थुप्रै ट्रोल बनिरहेका छन्। यसले साराको निकै चित्त दुःखेको छ। उनले भनिन्( ‘मलाई फिल्ममा मेरो तौल र पहिरनको विषयमा आलोचना गरेको भए खासै दुःख लाग्ने थिएन। तर, मेरो ओभर एक्टिङ भयो भन्दा साह्रै चित्त दुखेको छ।’

फिल्मको एक दृश्यमा सारा रोएकी छिन्। सारा रोएको दृश्यमा ओभर एक्टिङ भयो भनेर दर्शकले आलोचना गरेका छन्। साराको भनाइ छ( ‘यो दृश्यमा म वास्तवमै रोएकी थिएँ।

अभिनय गरिसकेपछि मोनिटर हेर्ने अनुमति नभएकाले कस्तो अभिनय गरियो थाहा थिएन। मैले यो विषयमा निर्देशक इम्तियाज अलीसँग कुरा गरेकी थिएँ। उहाँले, दर्शकले फिल्म हेरेपछि दर्शक कन्भिन्स हुने बताउनुभयो।’ साराको तर्क छ, ‘दर्शकले नायिकालाई पर्दामा प्रायः आकर्षक देख्न चाहन्छन्। त्यसैले, रोएको दृश्यमा पनि ट्रोल हुन्छ।’ एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot