Logo

अख्तियारले विजय गच्छदार र दिप बस्न्यातविरूद्ध भ्रष्टाचार मुद्दा चलाउने



काठमाडौं, २२ माघ । प्रमुख प्रतिपक्षी दल नेपालकी कांग्रेसका उपसभापति विजय कुमार गच्छदारमाथि भ्रष्टाचार मुद्दा दताृ भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याएको भन्दै पूर्वउपप्रधानमन्त्री गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने भएको हो ।

गच्छदारसँगै अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातविरूद्ध पनि भ्रष्टाचार मुद्दा चलाउने भएको छ । अख्तियारले गच्छदार र बस्न्यातसहित २ सय जना व्यक्तिविरूद्ध मुद्दा चलाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास विस्तार गर्ने निर्णय गर्दा बालुवाटारको सरकारी जग्गा नक्कली मोही खडा गरेर व्यक्तिको नाममा सारिएको यसअघिको छानबिनमा देखिएको थियो। माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा ललितानिवासको सरकारी जग्गा नक्कली मोही हुँदै व्यक्तिका नाममा पुगेको थियो। त्यतिबेला गच्छदार भौतिक पूर्वाधार मन्त्री थिए भने बस्न्यात उक्त मन्त्रालयमा सचिव थिए।

File Photo/Mukunda Kalikote-ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot