Logo

ओली र नेपालबीच किन भयो बालुवाटारमा चार घण्टा अन्तरंग



काठमाडौं, २२ माघ । विगतमा हरेक निर्णय स्वेच्छाचारिता प्रर्दशन गरेका भन्दै केन्द्रिय कमिटी बैठकमा समेत आलोचित प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रिय कमिटीको बैठक सकिना साथ संवाद र सहमतीमा जोड दिएका छन् । केन्द्रिय कमिटी बैठक जारी रहेकै बेला पनि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँँग एक्ला एक्लै छलफल गरेर सल्लाहमा बैठकमा उठेका प्रश्नहरुको जवाफ दिएका उनले बैठक सकिएको भोलीपल्टै सोमबार बरिष्ठ नेता माधवकुमार नेपालसँग चार घण्टा एक्लाएक्लै छलफल गरेका छन् ।

सोमबार बिहान ११ वजे देखि दिउँसो ३ वजेसम्म दुई नेताबीच कुराकानी भएको थियो । त्यसो त आइतबार साँझ प्रधानमन्त्रीले नेकपाका सांसद तथा केन्द्रिय सदस्यका लागि बालुवाटारमा दिएको रात्रीभोजमा वरिष्ठ नेता नेपालले बहिस्कार गरेको भन्ने समाचार प्रवाह भएको थियो । उक्त दिन नेता नेपाल आफ्नो निर्वाचन क्षेत्र काठमाडौ २ मा दिवंगत भएका तीनजनाका शोकाकुल परिवारजनलाई समवेदना दिन र एउटा विवाह भोजमा सहभागी भएका कारण बालुवाटार ढिलो पुगेका थिए ।

त्यसबीचमा पनि प्रधानमन्त्री ओलीले नेपाललाई पटकपटक फोन गरेका थिए । नेता नेपाल ढिलो गरी पुगे पनि बाहिर भने बहिस्कार गरेको प्रचार गरिएको थियो । त्यसको भोलीपल्टै दुई नेता बीच चार घण्टा कुराकानी भएको हो । गत कात्तिक २७ मा पनि दुई नेताबीच चार घण्टै लामो छलफल भएको थियो ।-(बुधबार साप्ताहिकबाट)-File Photo



प्रतिक्रिया दिनुहोस्