Logo

बालुवाटारको जग्गा फिर्ता गर्ने शर्तमा विष्णु पौडेललाई उन्मुक्ति !



माघ २२, काठमाण्डौ । ललितानिवासमा जग्गा किनेका नेकपाका महासचिव विष्णु पौडेलले उक्त जग्गा सरकारलाई फिर्ता गर्न तयार भएका छन् ।विष्णुका छोरा नवीन पौडेलले आफ्नो नामको जग्गा नेपाल सरकारलाई छाडिदिन मञ्जुर भएपछि मुद्धा चलाइएको छैन ।

अनुसन्धानका क्रममा अनुसन्धान अधिकृत समक्ष जग्गा छाड्न तयार भएपछि पौडेलविरुद्ध अख्तियारले जग्गा जफत प्रयोजनका लागि समेत प्रतिवादी बनाउन आवश्यक नपरेको निर्णय गरेको हो । नवीन नाबालक हुँदा उनका पिता हाल नेकपाका महासचिव विष्णुले ८ आनाको दुई कित्ता जग्गा ललिता निवासमा खरिद गरेका थिए । सरकारी जग्गा दुई तह बिक्री भइसकेपछि मात्रै महासचिव पौडेलले छोराको नाममा जग्गा किनेको देखिन्छ ।

सर्वोच्च अदालतको टिप्पणी

सरकारी वा सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काम ‘भ्रष्टाचारजन्य कसुर’ मानिन्छ । ललिता निवासको ३ सय ९९ रोपनी जग्गा विभिन्न व्यक्तिको नाममा दर्ता गर्ने क्रममा नेकपाका महासचिव विष्णु पनि विवादमा तानिएका थिए । ललिता निवासको जग्गा उनका छोराको नाममा दर्ता भएको भेटिएपछि उनी संकटमा परेका थिए ।

तर अख्तियारले जग्गा फिर्ता गरिदिने शर्तमा मुद्धा दायर नगर्ने निर्णय गरेपछि संकट मोचन भएको छ । यद्यपी जग्गा फिर्ता गर्दैमा निर्दोष भन्न नमिल्ने तर्कहरु आउन सुरु भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्