Logo

भाटभटेनीका मालिक मिनबहादुरको कर्तुत



माघ २२, काठमाण्डौ । ललिता निवासको जग्गा प्रकरणमा १ सय ७५ जना विरुद्ध मुद्धा दायर भएको छ । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित तीन जना पूर्वमन्त्री गरी १ सय ७५ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारससिहत तत्कालिन भूमि सुधारमन्त्री डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी र अन्तरिम मन्त्रिपरिषद्मा भुमिसुधारमन्त्री बनेका पूर्व सचिव छविरावज पन्तसहित १७५ जना विरुद्ध विशेष अदालतमा मुद्धा दायर भएको बताएको छ ।

अख्तियारका अनुसार पूर्व अख्तियार प्रमुख दीप बस्न्यात, पूर्वसचिव दिनेशहरि भण्डारी र उहाँकी पत्नी भुवनकुमारी चापागाईं विरुद्ध मुद्धा दायर भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको छानबीन समितिले समेत सरकारलाई छानबिन प्रतिवेदन बुझाई सकेको छ ।

अख्तियारले मुद्दा दायर भएका ६५ जनाबाट जग्गा जफत गर्ने र बाँकीलाई बीगो सहित सजायको मागदाबी गर्दै मुद्दा दायर गरेको हो । आयोगले विजयकुमार गच्छदारसँग ९ करोड ७५ लाख ७५ हजार रुपैयाँ, डम्बर श्रेष्ठसँग ९ करोड ७५ लाख ७५ हजार रुपैयाँ, चन्द्रदेव जोशीसँग ७ करोड ८ लाख ४८ हजार रुपैयाँ बिगो दाबी गरेको छ ।

त्यस्तै पूर्व सचिवहरु दीप बस्न्यातसँग ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ, दिनेशहरि अधिकारीसँग ७ करोड ८ लाख ४८ हजार रुपैयाँ र छविराज पन्तसँग ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो दाबी गरेको छ ।

भाटभटेनीका मालिकको कर्तुत
ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा लगेर भ्रष्टाचार गरेको आरोपमा भाटभटेनी डेभलपमेन्ट प्रालिका सञ्चालक मिनबहादुर गुरुङविरुद्ध ५० करोड ४७ लाख बराबरको जरिवना र त्यतिकै विगो असुल उपर गर्न माग गर्दै मुद्धा दायर भएको छ ।

राष्ट्रसेवक कर्मचारी, पदाधिकारीलाई अनुचित प्रभावमा पारेर सरकारी सार्वजनिक जग्गा गैरकानूनीरुपमा आफूसमेतको नाममा सट्टाभर्ना गरेर आफूलाई लाभ र सरकारलाई प्रत्यक्ष हानी र्पुयाउने काम गरेको अभियोग गुरुङमाथि लगाइएको छ । कसुर प्रमाणित भएमा २ वर्षसम्म जेल वा विगो बराबरको जरिवाना गरी गुरुङबाट बिगो समेत भराइनेछ ।

सरकारले ०२१ मंसिर १५ गते क्षतिपूर्ति र मुआब्जा दिएर खरिद गरेको २८४ रोपनीमध्ये ११२ रोपनी ४ आना जग्गा मीनबहादुर गुरुङसहित शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीलगायतसँगको मिलोमतोमा खरिद गरेका थिए ।

ललिता निवास जग्गा प्रकरणमा अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्धाका पूर्ण जानकारी

व्यक्तिका नाममा सारिएको बालुवाटारको ११२ मध्ये आधाभन्दा बढी जग्गा गुरुङले लिएका थिए । उनले व्यक्तिगत, संयुक्त, भाटभटेनी सुपरमार्केट र आफन्तका नाममा जग्गा खरिद गरेका थिए । कित्ता नम्बर ७४, १३७, ४१३ का जग्गाहरु गुरुङले आफ्नै नाममा लिएका थिए ।
गुरुङले भाटभटेनी डेभलपर्स प्रालिका नाममा १० कित्ता जग्गा राखेको देखिन्छ । कित्ता नम्बर १०, १२, १४, १७, ५७, ५८, ७९, ८१, ८२ र २८६ को जग्गा अहिले पनि भाटभटेनीको नाममा छ । बाँकी जग्गा छोरो कल्याण लगायतका आफन्तका नाममा राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot