Logo

काँग्रेस नेताहरु नै किन अख्तियारको तारोमा



काठमाडौं, २२ माघ । २०४६ सालको जनआन्दोलनयता बनेको सरकारमा सबैभन्दा लामो समय कम्युनिष्ट पार्टीहरु सरकारमा रहेका छन् । २०४८ सालको चुनावपछि काँग्रेसले तीन वर्ष बहुमतको सरकार चलायो । २०५१ पछि पाँच वर्ष कसैको पनि बहुमत नआएपछि गठबन्धन सरकार बनिरह्यो । त्यस क्रममा कहिले काँग्रेस र पूर्वपञ्च त कहिले तत्कालिन नेकपा एमाले र पूर्व पञ्चको सरकार बन्यो ।

२०५६ मा काँग्रेसले पुनः बहुमत ल्यायो । त्यसपछि उत्पन्न राजनीतिक गतिरोधले कसैको पनि बहुमत आएन । २०५९ सालमा तत्कालिन राजाले प्रत्यक्ष शासन लिएपछि बाहेकको अवधि गणना गर्ने हो भने विगत तीन दशकमा कम्युनिष्टहरु बढी समय सरकारमा रहे । जुनसुकै सरकार रहेपनि ठूला भ्रष्टाचारहरु भइरहे । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काँग्रेसका प्रभावशाली नेताहरुलाई मुद्दा दायर गरेको तथ्यांक छ ।

हालसम्म काँग्रेस पार्टीबाट मन्त्री भएकामा विजयकुमार गच्छेदार, खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले, गोविन्दराज जोशी अख्तियारबाट मुद्दा लागेकामा पर्दछन् । काँग्रेसबाट मन्त्री हुँदा मुद्दा लागेका जयप्रकाश गुप्ताले काँग्रेस परित्याग गरिसकेका छन् । पछिल्लोपटक चन्द्रदेव जोशीबाहेक कुनैपनि कम्युनिष्ट पार्टीबाट मन्त्री भएकाहरुमाथि अख्तियारको मुद्दा लागेको छैन ।

 

अख्तियारको मुद्दा हारेर जेल परेकामा खुमबहादुर खड्का, जयप्रकाश प्रसाद गुप्ता र चिरञ्जीवी वाग्ले छन् । उनीहरुमध्ये खड्काको निधन भइसकेको छ भने वाग्ले राजनीतिबाट टाढिएका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्