काठमाडौं, २२ माघ । ललितानिवास प्रकरणमा भारतका लागि नेपालका पूर्व राजदूत समेत रहेका नेपाल ओलम्पिक कमिटिका पूर्व अध्यक्ष रुक्म शम्शेर राणामाथि पनि मुद्दा दायर भएको छ । आज १७५ जनाको सूचीमा सुवर्ण शम्शेरका छोरा रुक्म शम्शेर राणाको समेत नाम उल्लेख छ ।
ललितानिवासले चर्चेको केही जग्गा अझै सुवर्ण शम्शेरकै परिवारको नाममा छ । रुक्मसहित हाटक शम्शेर जबरा, हेमन शम्शेर जबरा, सुनिती राणा, शैलजा राणा र हेमाद्री शम्शेर जबरामाथि पनि कर्मचारीलाई अनुचित प्रभावमा पारी सरकारी जग्गा गैह्कानुनी रुपमा आफ्नो नाममा दर्ता गराएको आरोप छ । उनीहरुमाथि एक करोड देखि पौने १० करोड मागदाबीसहितको मुद्दा दायर गरिएको हो ।