Logo

भाइरल ज्वरोले दुईको ज्यान गयो, अढाई सय संक्रमित



बाजुरा, २३ माघ । भाइरल ज्वरोले बाजुराको कोल्टी क्षेत्रमा दुई जनाको ज्यान गएको छ । अढाई सय संक्रमित भएका छन् ।

जिल्लाको कोल्टी क्षेत्रमा सिजनल फलु भनिने भाइरल ज्वरोको संक्रमण बढ्दै गएको छ । एक साताअघि देखिएको संक्रमणमका कारण स्वामी कार्तिक खापर गाउँपालिका १ जोरु साप्पाटामा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ५५ वर्षीया मिमा कडारा र ७० वर्षीय दलबहादुर रावल रहेका छन् ।-नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot