Logo

कांग्रेस पदाधिकारी बैठक : गच्छदारलाई नियोजित रूपमा फसाइयो



काठमाडौं, २३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज विहान बसेको आकस्मिक पदाधिकारी बैठकले पार्टी उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरूद्ध ललिता निवास जग्गा प्रकरणमा अख्तियारले मुद्दा दायर गरेको प्रकरणलाई नियोजित रूपमा फसाइएको निश्कर्ष निकालेको छ ।

आज विहान पार्टी सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित् निवासमा बसेको पदाधिकारी बैठकले यस्तो निश्कर्ष निकालेको हो । शीर्ष नेताहरुले कानुन व्यवसायीसँग पनि छलफल गरेका थिए । उक्त छलफलमा पनि गच्छदारलाई नियोजित रुपमा फसाइएको निश्कर्ष निकालिएको छ ।



प्रतिक्रिया दिनुहोस्