Logo

हिन्दूराष्ट्र पूर्नस्थापनाका लागि ठूलो अन्तर्राष्ट्रिय सम्मेलन



काठमाडौं, २३ माघ । विश्व हिन्दू महासंघ, भारतका अध्यक्ष अजय सिंहले नेपालमा हिन्दूराष्ट्र पूर्नस्थापनाका लागि ठूलो अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिने घोषणा गरेका छन् । नेपाल भ्रमणमा रहेका अध्यक्ष सिंहले आज विहान काठमाडौंमा विश्व हिन्दू महासंघ नेपाल, नेपाल विश्व हिन्दू महासंघ, विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समिति र मिशन नेपाल राष्ट्र निर्माण अभियानका प्रतिनिधिहरुसँगको भेटवार्तामा उनले यस्तो बताएका हुन् ।

आगामी बैशाखमा काठमाडौंमा हुने अन्तर्राष्ट्रिय हिन्दू सम्मेलनमा विभिन्न ११ राष्ट्रका सरकार प्रमुख तथा राष्ट्र प्रमुखलगायत ६० भन्दा बढि देशका प्रतिनिधिहरुको सहभागिता हुने पनि उनले जनाएका छन् । भेटवार्तामा सहभागी विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापाले दिएको जानकारीअनुसार उक्त सम्मेलनको लागि अहिलेदेखि नै आफूहरु तयारीमा जुटेको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्