Logo

भारतीय सेनापतिलाई नेपाल भ्रमणको निम्तो दिन स्वीकृति (मन्त्रिपरिषद्का २३ निर्णय)



काठमाडौं, २३ माघ । सरकारले भारतीय स्थल सेनाका सेनाध्यष जनरल एम एम नरभानेलाई नेपाल भ्रमण्को औपचारिक निमन्त्रण पठाउन नेपाली सेनालाई स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्का २३ वटा निर्णयहरु आज सिंहदरबारमा सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बाँस्कोटाले उक्त जानकारी दिएका हुन् । अब नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले उनलाई औपचारिक निम्तो पठाउनेछन् ।

भारतीय सेनापति नेपाली सेनाका मानार्थ प्रधानसेनापति रहने व्यवस्था भएकाले नरभाने पदवी लिन नेपाल आउनेछन् । यसका लागि सेनाले तयारी गरेर निम्तो पठाउन स्वीकृति लिएको हो ।

यसैगरी, इजरायली डिफेन्स फोर्सका प्रमुख जनरल अभिभ कोचाभी पनि नेपाल आउने भएका छन् । उनलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रण पठाउन सरकार स्वीकृति दिएको छ ।



प्रतिक्रिया दिनुहोस्