कैलाली ,माघ २३ । गरिमा धान पिडित किसान राहत माग्दै सुदुरपश्चिम प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पुगेका छन् । कैलालीको मध्यवर्ती क्षेत्र मसुरियाका किसान क्षतिपुर्ती माग्दै मन्त्रालय पुगेका हुन् । धान नफलेर पीडीत बनेको चार महिना बितिसक्दा पनि सरकारले अहिलेसम्म उचित क्षतिपुर्ती नदिएको भन्दै बीउ वितरण गर्ने कम्पनीलाई कारबाहीको दायरामा नल्याउने भन्दै पीडति किसानले कृषि मन्त्री विनिता चौधरी समक्ष दुख पोखेका थिए ।
चार महिना बितिसक्दा पनि सरकारले किसानलाई उचित क्षतिपुर्ति दिन नसकेको र नक्कली बीउ वितरण गर्ने कम्पनिलाई कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै पिडीत संघर्ष समिति संयोजक बासुदेद गुरागाइँले बताए । उनले भने ‘हामी मसुरियाबाट ९० जना पिडीत किसुान बस रिर्जब गरेर मन्त्रालय पुगेका छौ ।’ क्षतिपुर्ति नदिदा किसान अहिले ऋण काडेर वर्षभरका लागी धमान खदि गर्न थालेको बताउँदै उनले भने , ‘धान किन्न अण खोज्नुपर्ने बाध्यता आइलागेका ले हामी सरकारलाई झक्झक्याउन मन्त्रालय पुगेका हो ।
’ कृषि मन्त्रालयमा धर्ना र ज्ञापनपत्र बुझाएपछि किसानको टोली मुख्य सचिव तथा मन्त्रीपरिषदको कार्यालय पुगेको थियो । त्यहाँ किसानले मुख्य सचिवमार्फत मुख्य मन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए । सरकारले बेलैमा क्षतिपुर्तिबापतको रकम उपलब्ध नगराएको ले आफुहरु क्षतिप्ुर्ति माग गर्दै धागढी पुगेको किसानको भनाई छ ।मसु्रिया केलाशपुरका तुलाराम जोगीले भने ,‘सरकारले समयमै क्षतिपुर्ति नदिदाँ अहिले हामी संगठीत भई मन्त्रालय घेराउ गर्न बाध्य भयौ । ’
किसानका साझा समस्या भएकाले आफुपनि किसानलाई सहजीकरण गर्न मन्त्रालय पुगेको बताउदै गौरीगंगा नगरपालिका –९ का वडाध्यक्ष हरि प्रसाद तिवारीले भने , ‘किसानले आफ्नो समस्या मन्त्रीसमक्ष राखेका छन् , मन्त्री पनि गम्भीर बन्नु भएको छ । ’ आफुहरु पनि नगर कार्यापालिकाको बैठममा गरिमा धान पीडति किसानकमा समस्याबारे समय समयमा कमुरा उठाउने गरेका बताउदै उनले भने ,‘स्थानिय सरकारले पीडित किसानको विवरण प्रदेश सरकारलाई बुझाएको रहेछ । माथीबाटै क्षतिपुर्ति को आदेश नआएकाले किसान मर्कामा परेका रहेछन् ।
’ मन्त्री चौधरीलाई यथाशक्य उचित क्षतिपुर्ति उपलब्ध गारउन माग गर्दै बुधबार ज्ञापनपत्र समेत हस्तान्तरण गरे । ज्ञापन पत्र हस्तान्तरणपछि मन्त्री चोधरीले पिडित किसानको सम्बोभन गर्दै संघीय सरकारसँग क्षतिपुतिृका लागी पहल भइरहेका बताए । (नागरीक दैनिकबाट)