Logo

बजारमा दक्ष नजशक्ति अभाव,सिक्ने छैनन्



काठमाडौ,माघ २३ । स्वदेश र विदेशको रोजगारमिा दक्ष जनशक्ति को अभाव भइरहेका बेला युवाको भने सीप सस्क्ने तर्फ चासो देखिएको छैन । जुनसुकै पेसा र कामका लागी सीप नभई नहुने भएपनि युवायुवतीस्को ध्यान सीप सक्निे तर्फ नहुदाँ उनीहरुको लागी अघि सारीएका कार्यक्रम निर्रथक भइरहेका छन् । काम गर्ने समुहका युुवाले सीप नसिक्दा गुणस्तरीय काम र उत्पादकत्वमा बृद्धिमा समस्या परेका छ ।

केहि वर्ष यता सरकारी तथा गैरसरकारी निकायले युवायुवतीहरुको लागी विभिन्न कार्यक्रम अघि सारे पनि चाहिएको अनुसार सख्या नै पु¥याउन हम्मे परेको अधिकारीहरुले बताएका छन् । पछिल्लो दुई वर्षदेखि लक्ष्य अनुसार सीप सिक्ने युवायुवतीको सख्या पु¥याउन सकेका छैनौ ,’ प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषदका अनुसन्धान तथा सुचना विभागका निर्देशक मणिराज भट्टराईले भने , ‘के कारणले प्राविधिक शिक्षा कर सीपमा युवाको चासो बढ्न सकेको छैन। भन्ने बारे अध्ययन गर्नुपर्ने देखिएको छ । ’

परिषद्ले अघिल्लो वर्ष देशभरी का ६२ हजार युवालाई सीप सिकाउने लक्ष्य राखेपनि ४७ हजारले कात्र आवेदन गरेका थिए । त्यस्तै चालु आर्थिक वर्ष ७४ हजार आठसयलाई सीप सिकाउने लक्ष्य राखेकोमा करिब ३० प्रतिशत सख्या अपुग भएको भट्टराईले बताए । युवालाई विभिन्न प्रकारका सीप सिकाएर दक्ष बनाउने उद्देश्यले सरकारले चालु आर्थिक वर्ष मा करिब पौने दुई अर्ब रुपैयाँ बजेट विनीयोजन गरेका छ । (नागरीक दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्