Logo

एमसीसीबारे कुरा गर्न अमेरिकी राजदूत पुगे माधव नेपालको निवासमा



काठमाडौं, २३ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपालका लागि अमेरिकाका राजदूत ¥याण्डी डब्ल्यू बेरीबीच शिष्टाचार भेटघाट भएको छ । नेता नेपालको निवास कोटेश्वरमा उनीहरुबीच भेटघाट भएको थियो ।

नेता नेपालका स्वकीय सचिव नितेश पौडेलका अनुसार भेटमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) का बारेमा पनि छलफल भएको थियो । सो अवसरमा नेता नेपालले नेपालले कुनै पनि वैदेशिक सहयोग लिने भन्दै एमसिसी राष्ट्रिय हित अनुकूल भए स्वीकार गरेर अगाडि बढ्न सकिने राजदूत बेरीलाई बताएका थिए ।

नेता नेपालले एमसिसी राष्ट्रिय हित विपरीत भए सच्चाउनुपर्नेमा जोड दिएको उनको सचिवालयले जनाएको छ। उनीरुबीच दुई देशबीच द्विपक्षीय हित र समसामयिक राजनीतिक अवस्थाबारेमा छलफल भएको थियो । नेता नेपाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विदेश विभाग प्रमुखसमेत हुन् ।



प्रतिक्रिया दिनुहोस्