Logo

ललिता निवास प्रकरणः भ्रष्टाचार निवारण ऐनअन्तर्गत मुद्दा



काठमाडौं, माघ २४ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा कसैलाई विभेद नगरिएको बताएका छन्। ‘यहाँ लाल फित्ताधारी र स्वायत्त फित्ताधारी व्यवहार भएको छैन। यो कानुन प्रयोजनका लागि हो। अन्तै पनि हामीले यस्तो गरेका छौं।

त्रिशूली ‘ए’ हो कि ‘बी’ मा पनि यस्तै किर्ते भएको र त्यो जमिन सरकारले फिर्ता ल्याएको छ’, सरकारको नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने, ‘जजसका नाममा अनधिकृत रूपमा दर्ता भएका छन्, फर्जी गरेर, किर्ते गरेर, अनधिकृत विभिन्न खालका कागज तयार पारेर, राज्यको सम्पत्ति त्यस्तो भएको छ भने हामीले त्यसप्रति निःसन्देश कारबाही गर्छौं भनेकै छौं। जे प्रमाणित हुन्छ सोहीबमोजिम गर्छौंं भनेका छौं।’

ललिता निवास जग्गा प्रकरणमा अख्तियारले कांग्रेस उपसभापति विजयकुमार गच्छदारसहित तत्कालीन मन्त्रीहरू चन्द्रदेव जोशी र डम्बर श्रेष्ठलगायत १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ। यही विषयमा प्रतिक्रिया दिँदै मन्त्री बाँस्कोटाले उक्त घटनामा संलग्नहरूको श्रेणी छुट्याएर कारबाही अघि बढाइएको बताएको आजको अन्नपूर्ण पोस्ट्मा खवर छ ।



प्रतिक्रिया दिनुहोस्