Logo

महाभियोगमा सफाइ पाएपछि खुसीयाली हुँदै ट्रम्पले दिए यस्तो प्रतिक्रिया



वासिङटन, माघ २४ । महाभियोगमा सफाइ पाएको एक दिनपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक कार्यक्रममा आफ्ना राजनीतिक प्रतिद्वन्द्वीमाथि रोष पोखेका छन्।

ह्वाइट हाउसको इस्ट रूममा आफ्ना समर्थक एवं मन्त्रिमण्डलका अधिकारीहरूमाझ बोलेका उनले त्यहाँ बरिष्ठ डेमोक्र्याटहरूलाई दुष्ट, स्वार्थी र बेकारुका मानिसहरू भनेका छन्।

झण्डै एक घण्टा चलेको कार्यक्रमलाई ट्रम्पले मन्तव्य वा पत्रकार सम्मेलन केही नभइ सीर्फ विजय उत्सवु भनेका थिए।मैले जीवनमा गलत कामहरू पनि गरेको छु, मैले स्वीकार्नेछु‘ तर यो अन्तिम नतिजा हो, ट्रम्पलाई सफाइ शीर्षक राखिएको एउटा पत्रिका देखाउँदै राष्ट्रपतिले भने

बीबीसीका अनुसार रिपब्लिकनहरूको बाहुल्य रहेको सिनेटले महाभियोगमा दिएको सफाइलाई ट्रम्पले आफूमाथिको पूर्ण अनुमोदनको रूपमा अर्थ्याएका छन् । उनले आफ्ना विरोधीहरूको अपमान गर्दै ती क्षुद्र, घिनलाग्दा र खराबु मानिसहरू रहेको बताएका छन् ।

अमेरिकामा हालसम्म ट्रम्पबाहेक अन्य दुई जना राष्ट्रपतिले महाभियोगको सामना गरेका छन्।सन् १८६८ मा राष्ट्रपति एन्ड्रिउ जनसन र सन् १९९८ मा बिल क्लिन्टनविरुद्धको आरोप सिनेटले खारेज गरिदिएको थियो।



प्रतिक्रिया दिनुहोस्