Logo

विकृति औल्याउने स्रष्टाको दायित्व हो- बलदेव महत, साहित्यकार



काठमाडौं, २४ माघ । बलदेव महत, कथा र हास्यव्यङ्ग्यका क्षेत्रमा निरन्तर कलम चलाइरहेका स्रष्टा हुन् । उनीसँग हास्यव्यङ्ग्य र साहित्यका समग्र क्षेत्रबारे जयराम सापकोटाले गरेको कुराकानीः
यहाँको साहित्यलेखन कहिलेबाट सुरु भएको थियो ?
विक्रम सम्वत् २०३४ बाट ।
लेखनमा लाग्ने प्रेरणा केले दिएको ठान्नुहुन्छ ?
साँच्चै भन्ने हो भने म भैरव अर्यालको व्यंग्यसंग्रह ‘जय भुँडी’ पढेर व्यंग्य विधामा कलम चलाउन प्रेरित भएको हुँ ।
अहिलेचाहिं आफ्नो लेखनलाई कसरी अघि बढाइरहनुभएको छ । के वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहुन्छ ?
२०३६ मा शाही सेनाको अधिकृत क्याडेट पदमा छनौट भएपछि लामो समयसम्म मेरो लेखन बन्द भयो । नयाँ किरणमा प्रकाशित रचना पनि कता÷कता पुगेर हराए । २०४८ मा पत्रकार हरिहर विरहीजीको प्रेरणाले साप्ताहिक विमर्शमा हास्यव्यङ्ग्य लेख्न थालेको हुँ । विमर्शमा सागर महत नामबाट २०५० सम्म, कान्तिपुर दैनिक र जानकारी साप्ताहिकमा आत्माराम नामबाट २०५५ देखि २०५७ सम्म र जानकारी साप्ताहिकमा आत्माराम नामबाटै २०६९ देखि हालसम्म स्तम्भको रूपमा हास्यव्यङ्ग्य लेख्दै आएको छु । २०७५मा प्रकाशित मेरा सात हास्यव्यङ्ग्य संग्रह २०४८ देखि २०७४ सम्म यिनै पत्रिकामा प्रकाशित लेखका संग्रह हुन् । लेखनप्रति सन्तुष्ट छु ।

तपाईंका नयाँ कृति पनि आउँदै छन् कि ?
२०७५ मा जानकारी साप्ताहिकमा प्रकाशित हास्यव्यङ्ग्य लेखको संग्रह ‘झुसे बारुलो’ प्रकाशनको तयारीमा छु ।
साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ ?
साहित्य र स्रष्टा भनेका राष्ट्रका गहना हुन् । योगदान र क्षमताको आधारमा स्रष्टाको मानप्रतिष्ठालाई उचित मूल्यांकन र कदर गर्दै लेखेर सामान्य जीवनयापन गर्न सक्ने व्यवस्था अनि वातावरण निर्माण हुन सके अन्तर्राष्ट्रिय जगत्मा समेत राष्ट्रको उचाइ बढ्ने हुनाले राष्ट्रले यसतर्पm ध्यान पु¥याउनु आवश्यक छ । अहिले यस दिशामा खासै केही नभएजस्तो सबैले अनुुभव गरेका छन् ।

तपाईंको साहित्यिक आदर्श के हो ?
राष्ट्र र समाजमा भइरहेका विकृति र विसंगतिलाई हास्यात्मक तथा व्यङ्ग्यात्मक ढंगले प्रस्तुत गरी सुधारको अपेक्षा राख्नु नै मेरो साहित्यिक आदर्श हो ।

वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व वहन गरिरहेका छन् त ?
अधिकांश लेखकले यसप्रति धेरै संवेदनशील भएर आफ्नो दायित्व वहन गरिरहनुभएको छ ।

तपार्इं आफ्ना कृतिबाट सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट छु र यतिमै सीमित नभई आफूले सकेसम्म लेख्दै जाने प्रयासमा छु ।

साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ ?
हिजो सीमित तर स्तरीय साहित्य लेखिन्थ्यो । समाजमा साहित्यकारको ठूलो श्रद्धा र इज्जत थियो । स्वार्थप्रेरित नभई निस्वार्थ भावले समर्पित भएर लेख्ने साहित्यकारको बाहुल्य थियो । आज पनि त्यस्ता समर्पित र निस्वार्थ साहित्यकार नभएका त होइनन् तर धेरै कम भएजस्तो लाग्छ । विभिन्न स्रोत र माध्यमको तीव्र विकासले गर्दा पुस्तक किन्ने, पढ्ने र बुभ्mने गरी अध्ययन गर्ने परम्परामा धेरै कमी आएको देखिन्छ । केही हदसम्म साहित्यकारमा पनि दलीय र आर्थिक प्रभावसमेत देखिनु चिन्ताको विषय भएको छ ।

तपाईंको विचारमा कस्तो साहित्य लेखिनुपर्छ ?
समाजको यथार्थ चित्रण देखिने, राष्ट्र र जनताको हित तथा उन्नतिमा सहयोग पु¥याउन सक्ने, आफ्नो धर्मसंस्कृति र परम्पराको जगेर्नामा योगदान पु¥याउन सक्ने, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई अझ बलियो बनाउन सक्ने, शिक्षाप्रद, विसंगति र विकृतिलाई निस्वार्थ भावले निडरतापूर्वक औंल्याउन सक्नेजस्ता साहित्य लखिनुपर्छ जस्तो लाग्छ ।
लेखनप्रति केले पे्ररणा दिन्छ जस्तो लाग्छ ?
लेखनमा स्थानीय वातावरण, घटना परिघटना, अध्ययन, सोच, चिन्तन आदिले प्रेरणा दिन्छ ।

तपाईंको लेख्ने निश्चित समय छ कि ?
समय यही भन्ने छैन । फुर्सद हुँदा कुनै पनि समयमा लेख्न सक्ने भए पनि पहिलेदेखि नै हरेक दिन बिहान चार बजेदेखि छ बजेसम्म लेख्छु र कमसेकम ‘वन पेज अ डे’ भन्ने बानीलाई सकेसम्म निरन्तरता दिने गरेको छु ।

लेख्न कस्तो वातावरण चाहिन्छ ?
शायद सबै लेखकलाई जस्तै मलाई पनि शान्त र कसैले बाधा नपु¥याउने एकाग्र, वातावरण, स्थान अनि समय चाहिन्छ ।

लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ ?
पत्रपत्रिकामा आएका समाचार पढेर, कुनै घटना देखेर वा सुनेर र मनमा उठेका तरंगबाट नै विषयवस्तु छनौट गर्छु ।

सफल स्रष्टाका आवश्यक गुण के-के हुन् ?
इमानदारी, लगनशीलता, अध्ययनशीलता, निस्वार्थ भावना, लोभलालचहीन लेखाइ, आग्रह वा पूर्वाग्रहरहित लेखाइ आदि नै सफल स्रष्टाका लागि आवश्यक गुण हुन् ।
साहित्यमा कुन विधाका पाठक बढी भएको महशुस गर्नुहुन्छ ?
आख्यान, कविता र हास्यव्यङ्ग्यविधाका पाठक बढी भएजस्तो लाग्छ ।
सृजनामा सजीवता र काल्पनिकतामध्ये कुन बढी हुनुपर्ला ?
यी दुवैको उत्तिकै आवश्यकता र महत्व छ । तर सजीवताहीन काल्पनिकताको खासै अर्थ रहँदैन ।

लेख्नुपर्ने बाध्यता कतिबेला महशुस हुन्छ ?
प्रत्येक दिन एक पेज भए पनि लेख्ने बानी परेको हुनाले प्रत्येक दिन लेख्ने बाध्यता परेजस्तो लागेता पनि कुनै विकृति वा विसंगतिपूर्ण क्रियाकलाप सुनेमा वा देखेमा पनि लेख्ने बाध्यता महशुस हुन्छ ।

नयाँ लेखकलाई केही सुझाव दिनुहुन्छ कि ?
राम्रा लेखकका कृति अध्ययन गरेर, लेख्नको लागि मात्रै नलेखेर समाज र पाठकलाई लाभ पु¥याउन सक्ने खालका रचना गर्न सुझाव दिन चाहन्छु ।



प्रतिक्रिया दिनुहोस्