Logo

संसदमा कांग्रेसको अवरोध कायमै, अर्को बैठक माघ २६ गते



काठमाडौं, २४ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरोध गरेपछि बैठक स्थगित् भएको छ । अर्को बैठक माघ २६ गते आईतबार बस्ने भएको छ ।यसअघि आजै अपरान्ह १ बजे बसेको बैठकमा कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक सभामुख अग्निप्रसाद सापकोटाले आधा घण्टा स्थगित गरेका थिए ।

आफ्नो संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हाँस्यास्पद आरोपपत्र दायर गरेको भन्दै कांग्रेसले बिहीबार बसेको बैठकमा अवरोध गरेको थियो।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालन गर्न अगाडि बोल्दै थिए। लगत्तै कांग्रेसका सांसद उठे र सभामुखले कांग्रेसका सांसद मिनबहादुर विश्वकर्मा बोल्न समय दिए।



प्रतिक्रिया दिनुहोस्